कार्तिक १४
नेपाली बजारमा शुक्रबार सुनको मूल्य फेरि बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार पछिल्लो केही दिन सुनको मूल्य घटेपनि शुक्रबार पेरि मूल्य बढेको हो ।
जसअनुसार बिहीबारको तुलनामा सुनको मूल्य तोलामा २ हजार ७ सय रुपैयाँ बढेको छ । बिहीबार सुनको मूल्य तोलामा २ लाख ३६ हजार ३ सय रुपैयाँ कायम थियो । शुक्रबार भने मूल्य बढेर २ लाख ३९ हजार रुपैयाँ पुगेको हो।
यस्तै शुक्रबार चाँदीको मूल्य पनि बढेको छ । बिहीबार तोलामा २ हजार ९८० रुपैयाँ कायम भएको चाँदीको मूल्य शुक्रबार बढेर ३ हजार ६० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
