मंसिर ७
आइतबार पटक पटकको प्रयासपछि नेप्से परिसूचक २६ सयको विन्दुमा अडिएको छ।
अन्तरदिनको कार्यक्रममा नेप्से परिसूचक एकाध पटक नै २६ सयको विन्दुमा पुग्दै ओर्लदै गरेपछि बजार बन्द हुँदा २६००.२२ को विन्दुमा अडिएको हो। अघिल्लो दिनको तुलनामा नेप्से ३९.९२ अंकले बढेको हो।
नेप्से एकपटक २६००.९४ विन्दुसम्म पुगेको थियो। आइतबार नेप्से बढेसँगै माथिल्लो निकै सानो धागो भएको मनवत्ति आकृति बनेको छ। बजारको पाँच दिने मुभिङ एभरेज रेखाले २० दिने मुभिङ एभरेज रेखालाई लगभग छोएको छ।
यदी २० दिने मुभिङ एभरेज रेखालाई पार गरेर पाँच दिने रेखा माथि गएमा बजार केही समय थप बढ्ने मानिन्छ। यद्यपी २६ सय विन्दुलाई नेप्सेले परिक्षण गरिरहेकै छ, त्योभन्दा माथि जान सकेको छैन।
कारोबार रकमले भने आइतबार साथ दिएको छ। २० दिनपछि बजारमा ६ अर्ब माथिको कारोबार भएको हो। यसदिन ६ अर्ब २८ करोड रूपैयाँको कारोबार भएको छ।
सामूहिक लगानी कोष बाहेक यसदिन कारोबारमा आएका सबै समूहगत परिसूचक बढेका छन्। जीवन बीमा र लगानी समूह भने दुई प्रतिशतभन्दा धेरैले बढेका छन्
यसदिन कारोबारमा आएका तीन सय ३४ सय लगानी उपकरण कारोबारमा आउँदा दुई सय ७४ वटाको मूल्य बढेको छ। ५१ वटाको मूल्य घटेको छ।
हालै सूचीकृत सागर डिष्टिलरी, बन्दिपुर केवल कार र झापा इनर्जीको सेयर मूल्य १० प्रतिशत बढेर सर्किट ब्रेक लागेको छ।
यसदिन एनआरएन इन्फ्राको सबैभन्दा धेरै रकमको ६५ करोड ६० लाख रूपैयाँको सेयर किनबेच भएको हो।
