मंसिर २१
बुद्ध जन्मस्थल लुम्बिनी र रामग्राममा ‘समृद्ध भविष्यका लागि शान्ति’ भन्ने मूल नारासहित तेस्रो संस्करणको ‘विश्व शान्ति कार्यक्रम’ आगामी डिसेम्बर ११ देखि १३ सम्म हुन लागेको छ। शो कार्यक्रमको निर्देशक हुन् निकेश अधिकारी। पछिल्ला समय बुद्धको जन्मस्थल लुम्बिनीबाट विश्व शान्तिको सन्देश र नेपाली संस्कृतिलाई संसारका अर्बपतिहरू माझ पुर्याउन लागि परेका छन् उनी। नेपाल पर्यटन बोर्ड, नेपाल वर्ल्ड यूथ फेडरेशन, लुम्बिनी सांस्कृतिक नगरपालिका, र काठमाडौं विश्वविद्यालयको सहकार्य रहेको कार्यक्रमलाई ‘द प्रामिज्ड ल्याण्ड फाउण्डेसन’ले आयोजना गरेको हो।
संयुक्त राष्ट्र संघका सांस्कृतिक राजदूतहरू, विश्वव्यापी व्यापारिक नेता, विद्वान, कलाकार, युवा, सामुदायिक प्रतिनिधिहरू र फर्च्युन जेनेरेसनका २५ अर्बपतिहरूको प्रतिनिधिमण्डलसहित १० हजार भन्दा बढी सहभागीहरूले पहिलो पटक एकसाथ नेपाल भ्रमण गर्ने अपेक्षा गरेका आयोजक संस्थाका प्रमुख तथा कार्यक्रमका निर्देशक अधिकारीसँग गरिएकाे कुराकानी:
जेन-जी आन्दोलन पछि खलबिलएको नेपाली समाजलाई विश्व शान्ति कार्यक्रमले कस्तो प्रभाव पार्ने अपेक्षा गर्नु भएको छ?
जेन-जी आन्दोलनपछि आएको परिवर्तन र त्यसको प्रभाव राम्रा नराम्रा दुवै देखिए। यस्तो विषमपरिस्थितिमा विश्व शान्ति कार्यक्रमले कस्तो खालको सकारात्मक भूमिका खेल्छ भने हामी बुद्धको देशमा छौँ र बुद्धलाई जन्मस्थल लुम्बिनी पुग्दा पनि पिस अनुभूति गर्न सकिन्छ। नेपालीले बुद्धको सन्देशलाई संसारसँग जोड्ने कोसिस नै सकरात्मक प्रभाव हो। जेन-जी आन्दोलनपछि खलबलिएको नेपाली समाजलाई हेर्ने राष्ट्रिय अन्तराष्ट्रिय नजरीय पनि बदल्नु हो। हामी बुद्धभूमिका मानिस हौ। हाम्रो देशमा शान्ति छ तपाईंलाई सहज हुन्छ। पहुनालाई हामी सम्मान गर्छौँ। कला साहित्य र सांस्कृतिक रुपमा बुद्धको सन्देशलाई एक साथ एकै मञ्चबाट संसारलाई बुझाउनु आफैमा सकारात्मक प्रभाव हो।
लुम्बिनीका स्थानीयहरूको उपस्थित कस्तो रहने अपेक्षा छ?
स्थानीयको उपस्थितिबिना अब केही गर्न सकिन्न। हामी बुद्धका भूमि लुम्बिनी र रामाग्राम भित्रका स्थानीयसँग नजिक रहेर काम कार्यक्रम गरिरहेका छौँ। बुद्धको अस्तु धातु रहेको रामग्राममा हामी स्थानीय र अन्तर्राष्ट्रिय पहुनालाई एकै ठाउँ उभ्याउने। बुद्धका सन्देश स्थानीयबाट सुन्ने र सुनाउने हुन्छ। संवाद हुन्छ। यसले सकारात्क भाइभ्स् पैदा गर्ने छ। प्रयाक्टिकली कसरी सबैलाई समेटेर अघि बढ्न सकिन्छ भन्नेमा पनि हामी सचेत छौँ। करिब दश हजारलाई समेटेर यो कार्यक्रम सफल पार्ने हो।
फर्च्युन जेनेरेसनका २५ अर्बपतिहरूको प्रतिनिधिमण्डलसहितको टोलीलाई विश्व शान्ति कार्यक्रममा पहुनाका रुपमा ल्याउन के कुराले कन्भेन्स गर्नु भयो र उहाँहरुको अपेक्षा के कस्तो रहेको छ रु
विगत तीन चार वर्षदेखि लुम्बिनीमा केही गर्नु पर्छ भनेर हामी लागिरहेका छौँ। अन्तर्राष्ट्रिय व्यापारी अथवा विभिन्न क्षेत्रका एक्सपर्टहरूलाई लुम्मिबीसम्म कसरी जोड्ने भन्ने गृहकार्य फलस्वरुप अघिल्ला दुई वर्ष विश्व शान्ति कार्यक्रम नै गर्यौँ र यो तेस्रो हो। अब कुरा आयो उनीहरुले कसरी लेलान्? मलाई त के लाग्छ भने, हामीले उनीहरूको चित्त कसरी बुझाउन सकिन्छ भन्नेमा गम्भीर छौँ। हामीले बुद्धको जन्मभूमि लुम्बिनी र रामाग्रामको बारेमा कति बुझाउन सकिएला भन्ने कुरा बढी महत्वपूर्ण होला। विश्व शान्ति कार्यक्रम २०२३ मा संयुक्त राष्ट्रमहासचिव एन्टनियो गुटेरेसले लुम्बिनी यात्रा गरी शान्तिको सन्देश दिएपछि सुरू भएको थियो। त्यसो हुँदा अब आउने २५ विलिनियरले पनि शान्तिको सन्देश संसारलाई दिने छन्। अर्को कुरा दुई जना चाहिँ प्रत्यक्ष जोडिएर पनि काम गरिरहनु भएको छ।
यो कार्यक्रमबाट बुद्धको शान्तिको सन्देश संसारमा पुर्याउनु हो कि अरू पनि खास खास उदेश्य छन्र?
आर्थिक समृद्धि बिना कुनै पनि देश समृद्ध हुँदैन। त्यसका लागि बढी भन्दा बढी बहुकम्पनी र प्रत्येक्ष जनतासँग जोडिने प्रोजेक्ट नेपालमा ल्याउन सकियो भने नेपाल बन्ने हो। त्यसका लागि विदेशी लगानीबिना सायद सम्भव छैन। विदेशीले त्यतिखेर लगानी गर्छन् जतिखेर देशमा शान्ति छ। अमनचैन छ। राज्य सही ढंगले चलेको छ। अहिले त नेपालको स्थिति हेर्ने हो भने निराशाको समय हो यसलाई आशामय बनाउन अर्बपतिहरुको भूमिका सकारात्मक हुन सक्छ। उनीहरूले लगानी गर्ने वातावरण बनाउन सकिन्छन्। शान्ति भयो भने न विदेश सुरक्षित महसुस गर्ने छन्। विश्व शान्ति कार्यक्रमको उदेश्य पनि विश्वका अर्बपतिलाई यहाँ प्रमानेन्ट रुपमा लगानी गराउने वातावरण बनाउनु हो।
साथसाथै नेपालको सांस्कृतिक तथा आध्यात्मिक सम्पदालाई शान्ति र साझा समृद्धिको विश्वव्यापी बहसको केन्द्रमा ल्याउनु हे। विश्वलाई शान्तिको सन्देश संसारभर लाने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको हे। कार्यक्रममा विभिन्न मुलुकका तीनजना पूर्व राष्ट्रप्रमुख पनि सहभागी हुने छन्। भारत केरलास्थित सिगल इन्टरनेशनल ग्रुपका अध्यक्ष डाक्टर सुरेशकुमार मधुसुधानन, स्वतन्त्र स्लोभेनियाका प्रथम प्रधानमन्त्री तथा युरोपेली संसदका पूर्व सदस्य लोज्जे पिटरले, इथियोपियाका पूर्व प्रधानमन्त्री ताम्रत लेन, युएइ र भारतमा व्यापार गर्दै आएका इराम होल्डिङ्सका डाक्टर सिद्दिक अहमद पनि आउदैछन्। चिनियाँहरुको व्यापार प्रतिनिधिमण्डलका सदस्यहरू मध्य वान्मा ग्रुपर अनहुआ इन्टेल-टेक, बोर्डका अध्यक्ष हेनरी चान, होङयुआन तेल तथा ग्यास समूह कम्पनी लिमिटेडका कार्यकारी निर्देशक मिङ सुलगायत दर्जन चिनिया व्यापारीको सहभागिता गराउनु र स्थानीय कलालाई प्रमोट गर्नु हो। हामी सांस्कृतिक रूपमा पनि धनी छौँ भनेर उनीहरुलाई बुझाउनु हो।
नेपाल ट्रेजर कार्बनका अध्यक्ष पनि हुनुहुन्छ। यो कार्यक्रममा यो संस्थाको भूमिका कस्तो रहन्छ?
ग्रामीण नेपालका परिवारको जीवनस्तर सुधार गर्न लक्षित ‘स्वच्छ चुलो कार्यक्रम’ अघि बढाउन विभिन्न मन्त्रालय, स्थानीय तह र सरोकारवाला संस्थासँग सहकार्य गर्दै लुम्बिनीका थुप्र

