ह्वात्तै बढ्यो सुनको मूल्य

पुस ८

सुनको मूल्य मंगलबार एकैदिन ५ हजार ५०० रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन तोलामा २ लाख ६१ हजार ७०० रुपैयाँ रहेको छापावाल सुनको मूल्य मंगलबार बढेर तोलामा २ लाख ६७ हजार २०० रुपैयाँ पुगेको हो ।

जुन मूल्य हालसम्मकै उच्च भएको महासंघले जनाएको छ ।

यस्तै चाँदीको मूल्य पनि बढेको छ । सोमबार तोलामा ४ हजार २३५ रुपैयाँ कायम रहेको चाँदीको मूल्य मंगलबार बढेर तोलामा ४ हजार २५५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply