पुस १७
युक्रेनको खेरसन क्षेत्रमा बुधबार राति खेरसन क्षेत्रको क्याफे र होटलहरुलाई लक्षित गरी भएको ड्रोनले आक्रमणमा कम्तिमा २४ जनाको मृत्यु हुनुका साथै ५० भन्दा बढी घाइते भएको स्थानीय अधिकारीहरूले बताएका छन् ।
खेरसन क्षेत्रका प्रमुख भ्लादिमिर साल्डोले टेलिग्राममा ठुलो सङ्ख्यामा नागरिकहरू नयाँ वर्ष मनाउन भेला भइरहेको अवस्थामा आक्रमण हुदाँ धेरै जनधनको क्षति भएको जनाएका छन् ।
साल्डोले आक्रमणमा धेरै मानिसहरू जिउँदै जलेको बताउँदै एउटा ड्रोनले हानिकारक मिश्रण खनाएर घटनास्थलमा ठूलो आगलागी निम्त्याएपछि बिहीबार मात्रै अग्निनियन्त्रकहरूले आगो पूर्ण रूपमा निभाउन सफल भएको पुष्टि गरेका छन् ।
डाक्टरहरू अहिले घाइतेहरूको ज्यान बचाउन प्रयास गरिरहेको र क्षेत्रीय अधिकारीहरूले पीडित एवम् मृतकहरुका परिवारलाई सबै आवश्यक सहयोग प्रदान गर्ने तैनाथ गरिएको बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
