माघ १५
सताको अन्तिम कारोबार दिन अर्थात् बिहीबार नेप्से परिसूचक घटेर बन्द भएको छ।
नेप्से १७.३५ अंकले घटेर २७१४.०५ विन्दुमा बन्द भएको छ।
नेप्से घटेपनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा बढेको छ।
बुधबार ११ अर्ब ४९ करोड रकमको कारोबार भएकोमा बिहीबार १४ अर्ब ५६ करोड पुगेको छ।
यसदिन ३२० वटा धितोपत्रको तीन करोड ५४ लाख ७७ हजार ९३९ कित्ता सेयर किनबेच भएको हो।
बिहीबार ८५ कम्पनीको सेयरमूल्य बढेको छ भने १७० वटाको घटेको छ। यस्तै, पाँच कम्पनी स्थिर छन्।
आज तीन सय रूपैयाँभन्दा कम मूल्य भएका कम्पनीहरूको सेयरमूल्य सर्वाधिक बढेको छ।
यसदिन हिमाल दोलखा हाइड्रोपावर र शिभश्री हाइड्रोपावरको सेयर मूल्य सर्वाधिक ९.२३ र ९.१९ प्रतिशतले बढेको छ।
उक्त कम्पनीहरूको प्रतिकित्ता मूल्य क्रमशः २१३ रूपैयाँ र १९६ रूपैयाँ पुगेको छ।
यसैगरी, यसदिन तीन कम्पनीमा नकारात्मक सर्किट लागेको छ।
कर्पोरेट डेभलपमेन्ट बैंक, मिथिला लघुवित्त र सप्तकोशी डेभलपमेन्ट बैंकको सेयरमूल्य १० प्रतिशतका दरले घटेको छ।
बिहीबार ङादी ग्रुप पावरको सर्वाधिक कारोबार भएको छ।
उक्त कम्पनीको प्रतिकित्ता ४३० रूपैयाँमा ५९ करोड ९९ लाख बराबरको सेयर कारोबार भएको हो।
यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतिकित्ता २.३८ प्रतिशत बढेको हो।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो सूचीमा एसवाई प्यानल रहेको छ छ। उक्त कम्पनीको एक हजार ९४० रूपैयाँमा ५२ करोड २९ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।
त्यस्तै, आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये तीन समूहको परिसूचक बढेको छ भने बाँकी १० समूहको परिसूचक घटेको छ।
यसमध्ये विकास बैंक समूहको परिसूचक सर्वाधिक २.२३ प्रतिशतले घटेको छ।
