नेप्सेसँगै घट्यो कारोबार रकम

माघ १८
आइतबार नेप्से परिसूचक घटेर बन्द भएको छ।

नेप्से १९.८५ अंकले घटेर २६९४.२० विन्दुमा बन्द भएको छ।

नेप्से परिसूचकसँगै कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा घटेको छ।

बिहीबार १४ अर्ब ५६ करोड रूपैयाँको कारोबार भएकोमा आइतबार नौ अर्ब १० करोडमा झरेको छ।

यसदिन ३२९ वटा धितोपत्रको दुई करोड २० लाख ६० हजार ४५४ कित्ता सेयर किनबेच भएको हो।

आइतबार ५० कम्पनीको सेयरमूल्य बढेको छ भने २०१ वटाको घटेको छ। यस्तै, नौ कम्पनी स्थिर छन्।

यसदिन मिथिला लघुवित्तको सेयर मूल्य सर्वाधिक ९.७० प्रतिशतले बढेको छ।

उक्त कम्पनीको प्रतिकित्ता मूल्य एक हजार ५५५ रूपैयाँ पुगेको छ।

यस्तै, क्रेष्ट माइक्रोलाइफको मूल्य ८.१९ प्रतिशतले बढेर प्रतिकित्ता मूल्य एक हजार ५६८ रूपैयाँ ७० पैसा पुगेको छ।

यसैगरी, यसदिन कर्पोरेट डेभलपमेन्ट बैंकमा नकारात्मक सर्किट लागेको छ।

उक्त कम्पनीको मूल्य १० प्रतिशतले प्रतिकित्ता मूल्य एक हजार ७७९ रूपैयाँ ४० पैसामा झरेको छ।

यस्तै, रावा इनर्जीको मूल्य ९.३४ प्रतिशतले घटेर प्रतिकित्ता मूल्य ७५७ रूपैयाँ कायम भएको छ।

आइतबार आँखुखोला जलविद्युतको सर्वाधिक कारोबार भएको छ।

उक्त कम्पनीको प्रतिकित्ता ३२६ रूपैयाँमा ५५ करोड ५२ लाख बराबरको सेयर कारोबार भएको हो।

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतिकित्ता ४.४९ प्रतिशत बढेको हो।

सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो सूचीमा एसवाई प्यानल रहेको छ छ। उक्त कम्पनीको एक हजार ८४६ रूपैयाँमा ५३ करोड ६४ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।

त्यस्तै, आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये व्यापार समूहको परिसूचक ०.५५ प्रतिशतले बढेको छ भने बाँकी १२ समूहको परिसूचक घटेको छ।

यसमध्ये विकास बैंक समूहको परिसूचक सर्वाधिक १.७५ प्रतिशतले घटेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply