टी-२० विश्वकपमा आज तीन खेल, नेपाल रहेको समूहबाट भिड्दैछन् स्कटल्याण्ड र इटाली

माघ २६
आइसिसी टी-२० विश्वकपमा आज तीन खेल हुँदैछ।

आज हुने तीनमध्ये दुई खेल भारत र एक खेल श्रीलंकामा हुँदैछ।

नेपाल रहेको समूहबाट स्कटल्याण्ड र इटाली भिड्दैछन्।

कोलकाताको इडेन गार्डेनमा स्कटल्याण्ड र इटालीबीचको खेल बिहान सवा ११ बजे सुरू हुनेछ।

स्कटल्याण्डको यो दोस्रो खेल हो। पहिलो खेलमा ऊ वेस्ट इण्डिजसँग पराजित भएको थिय। इटालीको भने यो पहिलो खेल हो।

दिउँसो सवा ३ बजे जिम्बावे र ओमान भिड्दैछन्।

समूह ‘बी’ मा रहेको दुई देशले पहिलो खेल खेल्न लागेका हुन्। खेल श्रीलंकाको कोलम्बोस्थित एसएससी ग्राउन्डमा हुँदैछ।

समूह ‘डी’ बाटै दक्षण अफ्रिका र क्यानडाबीच खेल हुनेछ।

अहमदावादस्थित नरेन्द्र मोदी स्टेडियममा बेलुकी पौने ७ बजे खेल हुनेछ।

यी दुई देशले पनि पहिलो खेल खेल्न लागेका हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply