बाजुरामा करिब १ हजार बढीलाई एचपिभी खोप लगाईदै

फागुन १ बाजुरा– बाजुरामा करिब १ हजार बढीलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपिभी खोप लगाईदै छ । जिल्लाका ९ वटै स्थानीय तहमा किशोरीहरुलाई लक्षित गरी अभियन सञ्चालन गरेर १ हजार ८०६ किशोरीलाई खोप लगाउन लागिएको हो ।

हरेक स्थानीय तहमा अभिमुखीकरण कार्यक्रम गरेर खोप लगाउन सुरु गरिएको स्वास्थ्य कार्यालयका निमित्त प्रमुख लाल बहादुर खड्काले जानकारी दिए । उनले यस वर्ष १ हजार ८०६ किशोरीलाई सो खोप लगाउने लक्ष्य राखिएको बताए ।

उनका अनुसार गत बर्ष जिल्लामा अभियानका रुपमा ७ हजार बढीलाई एचपिभी खोप दिइएको थियो । यो बर्ष नियमित खोपका रुपमा कक्षा ६ र छुटेका किशोरीलाई मात्रै खोप दिइने उनले बताए ।

जिल्लाका ९ वटै स्थानीय तहका विद्यालयमा स्थापना गरिएको खोप केन्द्रमार्फत खोप सेवा प्रदान हुने उनको भनाई छ । त्यतिमात्रै नभई स्वास्थ्य संस्थामा गएर समेत खोप लगाउन सकिने उनले बताए । राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत क्यान्सर रोग बिरुद्धको एच.पि.भी खोप अभियान बाजुरामा माघ २७ बाट सुरु भएर फागुन ३ गतेसम्म सञ्चालन हुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply