फागुन २६
प्रतिनिधि सभा निर्वाचनअन्तर्गत १६५ क्षेत्रकै परिणाम आएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी प्रत्यक्षतर्फ १२५ सिट जितेको छ।
समानुपातिकतर्फ अहिलेसम्मको मत गणनाका आधारमा उसले ५८ सिट प्राप्त गर्ने देखिन्छ। अहिलेसम्म दुई तिहाइ बहुमतका लागि उसलाई एक सिटको कमी देखिन्छ। मौजुदा संसदमा दुई तिहाइ बहुमत पुग्न १८४ सिट चाहिन्छ।
दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले प्रत्यक्षतर्फ १८ सिट जितेको छ। समानुपातिकतर्फ उसले १९ हाराहारी सिट पाउने देखिएको छ। यसरी हृेर्दा उसले ३७ सिट पुर्याउने देखिन्छ। नेकपा एमालेले प्रत्यक्षतर्फ ९ स्थान जितेको छ।
समानुपातिकतर्फ उसले प्राप्त गरेको मतका आधारमा १६ सिट पाउनले देखिन्छ। आगामी संसदमा उसको २५ सिटको प्रतिनिधित्व हुनेछ।
नेपाली कम्युनिस्ट पार्टीले प्रत्यक्षतर्फ ८ सिट पाएको छ। समानुपातिकतर्फ हालसम्मको मत गणनाका आधारमा ९ सिट पाउने देखिन्छ। उसले जम्मा १७ सिट पाउने देखिन्छ।
नबोदित श्रम संस्कृति पार्टीले प्रत्यक्षतर्फ ३ स्थान जितेको छ। तीन प्रतिशतको थ्रेस होल्ड कटेकाले समानुपातिकतर्फ ४ सिट पाउने देखिन्छ। राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रत्यक्षमा १ सिट जितेको छ। उसले पनि समानुपातिकमा ४ सिट पाउने देखिएको छ।
