आइतबारसम्म हावाहुरीसहित वर्षा हुने पूर्वानुमान

काठमाडौँ, चैत ६ गते । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले शनिबार र आइतबार पनि मेघगर्जन चट्याङ्ग र असिनासहित हावाहुरी हुने पूर्वानुमान गरेको छ ।

महाशाखाले शुक्रबार साँझ विज्ञप्ती जारी गर्दै आगामी तीन दिनको मौसम पूर्वानुमान गरेको हो । तीन दिनको बुलेटिन अनुसार अहिले मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत बाँकी पहाडी र हिमाली भू–भागमा बादल लागेको छ । बागमती र गण्डकी प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन चट्याङ्गसहित मध्यम वर्षा हिमपात भएको छ ।

शुक्रबार राति कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको धेरै स्थानमा तथा कर्णाली र सुद्रूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन चट्याङ, असिना हावाहुरीसहित मध्यम वर्षाको सम्भावना छ ।

शनिबार देशको अधिकांश भागमा बादल लाग्ने छ । शनिबार कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका धेरै स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको केही स्थानमा मेघगर्जन चट्याङ एवम् हावाहुरीसहित मध्यम वर्षा र हिमपातको सम्भावना छ ।

आइतबार देशको पहाडी र हिमाली भू–भागमा साधारणतया बादल लाग्ने तथा तराई भू–भागमा आंशिक बादल लाग्ने छ । देशको पहाडी र हिमाली भू–भागका थोरै स्थान तथा कोशी र लुमिबनी प्रदेशको तराई भू–भागका एक, दुई स्थानमा मेघगर्जन चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply