बास्केटबल लिग : सोलोविरुद्ध हाउन्ड्सको फराकिलो जित

काठमाडौँ, चैत ७ गते । हिमालयन जाभा नेसनल बास्केटबल लिग (एचजेएनबिएल) मा केभिसी हाउन्ड्सले तेस्रो जित निकालेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालाको कभर्डहलमा जारी लिगमा हाउन्ड्सले सोलो बास्केटबल क्लबफाई १०६–७३ ले हरायो । हाउण्ड्सका कप्तान विजय बुर्जाले सर्वाधिक ३५ अङ्क बनाउनुभयो ।

उहाँ प्लेअर अफ दी म्याच घोषित हुनुभयो । सुरुवाती तीन खेल हारेपछि हाउन्ड्सले उत्कृष्ट प्रदर्शन गर्दै लगातार तीन खेल जितेको हो । जितसँगै हाउन्ड्सले तीन खेलबाट नौ अङ्क बनाएको छ ।

यसअघि अर्को खेलमा गोल्डेनगेट इन्टरनेसनल क्लबले सोलो बास्केटबल क्लबलाई ८७–७० ले हरायो । गोल्डेनगेटका विकास गुरुङले १८ स्कोर गर्नुभयो । गोलडेनगेटका निकेश मगर प्लेअर अफ दी म्याच हुनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply