सप्तरी बालिका बेपत्ता : चमार कल्याण समाजको गम्भीर ध्यानाकर्षण

हेमा भट्ट,
सप्तरी, फागुन १०– सप्तरी जिल्लाको सुरुङ्गा नगरपालिका–३ लक्ष्मीपुरकी १४ वर्षीया दलित बालिका एक सातादेखि सम्पर्कविहीन भएकी घटनाले चमार कल्याण समाज नेपाल (केन्द्रीय समिति) लाई गम्भीर रूपमा सतर्क बनाएको छ।
समाजका अनुसार बालिका लामो समयदेखि स्थानीय घरमा घरेलु कामदारको रूपमा बस्दै आएकी थिइन्। उनी ७ महिनाकी गर्भवती भएको तथ्य बाहिरिएपछि ३० फागुनदेखि बेपत्ता भएको आशंका गरिएको छ। यस घटनाले बालअधिकार, महिला अधिकार तथा दलित समुदायमाथि हुने संरचनागत विभेद र शोषणको गम्भीर प्रश्न उठाएको छ।
चमार कल्याण समाजले घटनामा संलग्न सबै व्यक्तिको निष्पक्ष, गहिरो र छिटो छानबिन, दोषी पाए कानुन अनुसार कडा कारबाही, तथा पीडित परिवारको सुरक्षा र न्याय सुनिश्चित गर्न सरकारसँग माग गरेको छ।
समाजले यस्ता घटनाहरू रोक्न राज्यले विशेष संयन्त्र निर्माण गर्नुपर्नेमा जोड दिंदै सम्पूर्ण मानवअधिकारकर्मी, सञ्चारकर्मी र न्यायप्रेमी जनसमुदायलाई घटनामा ऐक्यबद्धता जनाउन आह्वान गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply