दुई दिनमा ११८ अंक गुमाएको नेप्सेले जोड्यो १९ अंक

चैत १७
मंगलबार नेप्से परिसूचक दोहोरो अंकले बढेको छ।

आइतबार ७१.०५ र सोमबार ४७.७१ अंक दुई दिनमा सेयर बजार ११८.७६ अंकले घटेको थियो।

मंगलबार भने नेप्से १९.७० अंकले बढेर २८५१.०९ विन्दुमा बन्द भएको छ।

नेप्से बढेपनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा घटेको छ।

सोमबार १२ अर्ब ९६ करोड रूपैयाँको कारोबार भएकोमा यसदिन ११ अर्ब ११ करोड रूपैयाँको कारोबार भएको छ।

अघिल्लो दिनको तुलनामा कारोबार रकममा १ अर्ब ८५ करोड रूपैयाँ कमी आएको हो।

यसदिन ३३९ वटा धितोपत्रको दुई करोड ७९ लाख ४२ हजार ७७९ कित्ता सेयर किनबेच भएको हो।

मंगलबार १९५ कम्पनीको सेयर मूल्य बढेको छ भने ६३ वटाको घटेको छ। यस्तै, नौ कम्पनी स्थिर छन्।

यसदिन ६ कम्पनीमा सकारात्मक सर्किट लागेको छ।

रिलायन्स स्पिनिङ मिल्स, भुजुङ हाइड्रोपावर, रिज लाइफ इनर्जी, सुपर खुदी हाइड्रोपावर र होटल फरेस्ट इनको सेयर मूल्य १० प्रतिशत र सूर्यकुन्ड हाइड्रोपारको मूल्य ९.९७ प्रतिशतका दरले बढेको छ।

सर्वाधिक मूल्य घट्नेमा सप्तकोशी डेभलपमेन्ट बैंक रहेको छ।

उक्त कम्पनीको मूल्य ८.९६ प्रतिशतले घटेर प्रति कित्ता मूल्य ९५४ रूपैयाँ ४० पैसामा झरेको छ।

यसैगरी, एनआइसी एसिया ब्यालेन्स फण्डको मूल्य ५.७१ प्रतिशतले घटेर प्रति इकाइ मूल्य ९ रूपैयाँ ९८ पैसामा सीमित भएको छ।

सोमबार रिडी पावरको सर्वाधिक कारोबार भएको छ।

उक्त कम्पनीको ३६७ रूपैयाँ ८० पैसामा ४८ करोड ४८ लाख रूपैयाँको कारोबार भएको छ।

यो मूल्य अघिल्लो दिनको तुलनामा ३.२१ प्रतिशत घटेको हो।

सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो सूचीमा अपी पावर रहेको छ। उक्त कम्पनीको ३५८ रूपैयाँ १० पैसामा ४० करोड ३८ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।

आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये म्युचुअल फण्ड र अन्य समूहको परिसूचक घटेको छ भने बाँकी सबै समूहको परिसूचक बढ्दा समग्र नेप्से बढेको हो।

यसमध्ये उत्पादन तथा प्रशोधन समूहको परिसूचक सर्वाधिक १.९४ प्रतिशतले बढेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply