प्रधानमन्त्री बालेनलाई अस्ट्रेलियाले दियो बधाई

चैत २१

प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)लाई अस्ट्रेलियाले बधाई दिएको छ।

नेपालको प्रधानमन्त्रीका रूपमा कार्याभार सम्हालेकोमा अस्ट्रेलियाले बधाई ज्ञापन गरेको हो।

प्रधानमन्त्री शाहको सफल कार्यकालको कामना गर्दै अस्ट्रेलियाका विदेशमन्त्री पेनी वोङले उनलाई बधाई ज्ञापन गरेको नेपालस्थित अस्ट्रेलियन दूतावासले जनाएको छ।

अस्ट्रेलिया र नेपालबीचको मित्रता सुदृढ रहेको उल्लेख गर्दै विदेशमन्त्री वोङले दिएको बधाई सन्देशमा शान्त, स्थिर र समृद्ध एसिया–प्रशान्त क्षेत्र निर्माणका लागि प्रधानमन्त्री बालेनसँग सहकार्य गर्न आफू तत्पर रहेको बताएकी छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply