चैत २४
नेपाली बजारमा आज (मंगलबार) सुन-चाँदीको भाउ बढेको छ।
सोमबार तोलामा दुई हजार ६ सय रूपैयाँ घटेको सुनको भाउ यसदिन भने प्रतितोला चार सय रूपैयाँ बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९१ हजार आठ सय रूपैयाँमा किनबेच भइरहेको छ।
सोमबार सुन प्रतितोला दुई लाख ९४ हजार चार सय रूपैयाँमा कारोबार भएको थियो।
यस्तै, मंगलबार चाँदीको मूल्य पनि बढेको छ।
सोमबार प्रतितोला चार हजार सात सय ८० रूपैयाँमा कारोबार भएको चाँदी यसदिन तोलामा चार हजार आठ सय २० रूपैयाँमा किनबेच भइरहेको छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ४० रूपैयाँ बढेको हो।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस चार हजार ६ सय ५९ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
