पश्चिमी प्रणाली सक्रिय: देशभर वर्षा र हावाहुरीको सम्भावना

धनगढी – देशभर हाल पश्चिमी न्यून चापीय प्रणालीसँगै स्थानीय वायुको संयुक्त प्रभाव देखिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार यस प्रणालीका कारण विशेषगरी पहाडी र हिमाली भूभागमा बादलको मात्रा बढेको छ भने केही क्षेत्रमा वर्षा र हिमपातको सम्भावना उच्च बनेको छ।
हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित बागमती र कोशी प्रदेशका हिमाली क्षेत्रमा आंशिकदेखि सामान्य बदली देखिएको छ। अन्य भूभागमा भने मौसम मुख्यतया सफा रहेको महाशाखाले जनाएको छ।
आज दिउँसोतिर मौसम थप सक्रिय हुने अनुमान गरिएको छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा पूर्ण बदली रहनेछ भने बाँकी प्रदेशहरूमा आंशिकदेखि सामान्य बदली रहनेछ।
विशेषगरी गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका धेरै स्थानमा चट्याङ्गसहित वर्षा हुने सम्भावना छ। त्यस्तै, कोशी र बागमती प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा केही स्थानमा वर्षा तथा हिमपात हुन सक्नेछ। मधेस प्रदेश र तराई क्षेत्रका थोरै स्थानमा हावाहुरी र असिनासहित हल्कादेखि मध्यम वर्षा हुने पूर्वानुमान गरिएको छ।
मौसमविद्हरूले चट्याङ्ग, हावाहुरी र असिनाबाट हुने सम्भावित क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन आग्रह गरेका छन्। विशेषगरी कृषक, यात्रु तथा खुला क्षेत्रमा काम गर्नेहरूलाई सावधानी अपनाउन सुझाव दिइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply