बढ्यो अमेरिकी डलर र युरोको भाउ

वैशाख १०
नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ।

निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४९ रूपैयाँ ७८ पैसा र बिक्रीदर १५० रूपैयाँ ३८ पैसा तोकिएको छ। बुधबार यसको भाउ एकको खरिददर १४९ रुपैयाँ ३१ पैसा र बिक्रीदर १४९ रुपैयाँ ९१ पैसा थियो।

युरोपियन युरो एकको खरिददर १७५ रूपैयाँ ९१ पैसा र बिक्रीदर १७६ रूपैयाँ ६१ पैसा तोकिएको छ। बुधबार यसको भाउ एकको खरिददर १७५ रुपैयाँ ६९ पैसा र बिक्रीदर १७६ रुपैयाँ ३९ पैसा थियो।

अस्ट्रेलियन डलरको भाउ स्थिर रही एकको खरिददर १०७ रूपैयाँ २० पैसा र बिक्रीदर १०७ रूपैयाँ ६३ पैसा तोकिएको छ।

युके पाउन्ड स्टर्लिङ एकको खरिददर २०२ रूपैयाँ ३५ पैसा र बिक्रीदर २०३ रूपैयाँ १६ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १९१ रूपैयाँ ६७ पैसा र बिक्रीदर १९२ रूपैयाँ ४४ पैसा कायम गरिएको छ।

क्यानेडियन डलर एकको खरिददर १०९ रूपैयाँ ६७ पैसा र बिक्रीदर ११० रूपैयाँ ११ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११७ रूपैयाँ ६३ पैसा र बिक्रीदर ११८ रूपैयाँ १० पैसा तोकिएको छ।

जापानी येन १० को खरिददर नौ रूपैयाँ ४१ पैसा र बिक्रीदर नौ रूपैयाँ ४४ पैसा, चिनियाँ युआन एकको खरिददर २१ रूपैयाँ ९५ पैसा र बिक्रीदर २२ रूपैयाँ ०४ पैसा , साउदी अरेबियन रियाल एकको खरिददर ३९ रूपैयाँ ९४ पैसा र बिक्रीदर ४० रूपैयाँ १० पैसा, कतारी रियाल एकको खरिददर ४१ रूपैयाँ ०९ पैसा र बिक्रीदर ४१ रूपैयाँ २६ पैसा कायम भएको छ।

केन्द्रीय बैङ्कका अनुसार थाइ भाट एकको खरिददर चार रूपैयाँ ६५ पैसा र बिक्रीदर चार रूपैयाँ ६७ पैसा, युएई दिराम एकको खरिददर ४० रूपैयाँ ७८ पैसा र बिक्रीदर ४० रूपैयाँ ९४ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रूपैयाँ ९० पैसा र बिक्रीदर ३७ रूपैयाँ ०५ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रूपैयाँ १३ पैसा र बिक्रीदर १० रूपैयाँ १७ पैसा, स्विडिस क्रोनर एकको खरिददर १६ रूपैयाँ ३३ पैसा र बिक्रीदर १६ रूपैयाँ ४० पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रूपैयाँ ५४ पैसा र बिक्रीदर २३ रूपैयाँ ६३ पैसा तोकिएको छ।

यसैगरी हङकङ डलर एकको खरिददर १९ रूपैयाँ १२ पैसा र बिक्रीदर १९ रूपैयाँ २० पैसा, कुवेती दिनार एकको खरिददर ४८८ रूपैयाँ ७६ पैसा र बिक्रीदर ४९० रूपैयाँ ७२ पैसा, बहराइन दिनार एकको खरिददर ३९७ रूपैयाँ २९ पैसा र बिक्रीदर ३९८ रूपैयाँ ८९ पैसा, ओमनी रियाल एकको खरिददर ३८९ रूपैयाँ ०३ पैसा र बिक्रीदर ३९० रूपैयाँ ५९ पैसा तोकिएको छ।

भारतीय रूपैयाँ एक सयको खरिददर १६० रूपैयाँ र बिक्रीदर १६० रूपैयाँ १५ पैसा तोकिएको छ।

राष्ट्र बैङ्कले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैङ्कले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैङ्कको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply