२४ बुँदे मागमा चुप बस्दैनौं – सुदूरपश्चिममा सामुदायिक वन समूहको कडा चेतावनी

हेमा भट्ट,बैशाख १७
कञ्चनपुर-कैलाली क्षेत्रमा सामुदायिक वन समूहहरू आक्रामक आन्दोलनमा उत्रिएका छन्। प्रदेशस्तरीय आन्दोलन परिचालन समन्वय समितिको आह्वानमा सुरु भएको संघर्ष अहिले थप चर्किंदै गएको छ।

आज कञ्चनपुरका पिपरिया र ब्रह्मदेवस्थित सब-डिभिजन वन कार्यालय तथा कैलालीको पहलमानपुर डिभिजन वन कार्यालयमा पुगेर आन्दोलनकारीहरूले औपचारिक रूपमा ध्यानाकर्षण गराउँदै आफ्ना मागहरू स्पष्ट राखेका छन्। सरकारी निकायलाई प्रत्यक्ष सन्देश दिँदै उनीहरूले भने-अब बेवास्ता सह्य हुँदैन।

समितिका अनुसार लामो समयदेखि उठाइँदै आएका २४ बुँदे मागहरू अझै सम्बोधन नभएको भन्दै सरकारप्रति तीव्र असन्तुष्टि व्यक्त गरिएको छ। वन समूहहरूको अधिकार, सहभागिता र न्यायोचित व्यवस्थापनका सवालमा राज्य गम्भीर नभएको आरोप उनीहरूको छ आन्दोलनकारीहरूको स्पष्ट चेतावनी: तोकिएको समयभित्र माग पूरा नभए, आन्दोलन थप सशक्त र निर्णायक बनाइनेछ।

सुदूरपश्चिममा वन व्यवस्थापन र स्थानीय अधिकारको विषयले अब नयाँ मोड लिएको छ। सामुदायिक वन समूहहरूको आवाज अझ बुलन्द बन्दै गएको छ, र उनीहरू स्पष्ट छन्-
२४ बुँदे माग पूरा गर, होइन भने आन्दोलन झन् कडा हुन्छ!

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply