टिप्पर-मोटरसाइकल ठक्कर: एकको मृत्यु, एक घाइते -चालक खोजी तीव्र

हेमा भट्ट
कञ्चनपुर – कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका-१ स्याउले बजार क्षेत्रमा सवारी दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने एक जना घाइते भएका छन्।

मिति २०८३ बैशाख १८ गते दिउँसो करिब २:३० बजे दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको सु.प.प्र.०२००१ ख ०५९८ नम्बरको टिप्परले सोही दिशातर्फ गइरहेको UK06AS7930 नम्बरको मोटरसाइकललाई ठक्कर दिएको प्रहरीले जनाएको छ।

दुर्घटनामा मोटरसाइकल चालक नरेश लुहार घाइते भएका छन्। उनको बाँया खुट्टामा मध्यम चोट लागेको र उपचारका लागि आफन्तले भारतको खटिमा लगेको बुझिएको छ।

मोटरसाइकलको पछाडि सवार विवश चुनाराको भने घटनास्थलमै मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ। दुर्घटनापछि टिप्पर चालक फरार रहेका छन् भने उनको खोजी कार्य तीव्र पारिएको छ।

घटनास्थलमा प्रहरी पुगेर आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अगाडि बढाइएको छ। प्रहरीले सवारी चालकलाई सतर्कता अपनाउन र ट्राफिक नियमको पालना गर्न आग्रह गर्दै यस्ता दुर्घटना न्यूनीकरणमा सबैको जिम्मेवारी आवश्यक रहेको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply