रुकुमपश्चिमलाई १०औँ पिएम कप एनभिए लिग उपाधि

काठमाडौँ, वैशाख १९ गते । रुकुमपश्चिम भलिबल क्लबले १०औँ पिएम कप एनभिए लिगमा पुरुषतर्फको उपाधि जितेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा शनिबार भएको फाइनलमा रुकुमपश्चिमले हेल्प नेपाल स्पोर्ट्स क्लबलाई ३–० को सोझो सेटमा हरायो ।

रुकुमपश्चिमले हेल्प नेपालमाथि २९–२७, २५–२१, ३२–३० को रामोञ्चक जित निकालेको हो । उपाधिसँगै रुकुमपश्चिमले १० लाख रुपियाँ पुरस्कार पायो । उपविजेता हेल्प नेपालले पाँच लाख रुपियाँ पुरस्कार प्राप्त गर्‍यो ।

लिगमा महिलातर्फ नेपाल पुलिस च्याम्पियन बनेको छ । शनिबार नै भएको फाइनलमा पुलिसले न्यु डायमन्ड स्पोर्ट्स एकेडेमीलाई ३–१ को सेटमा हराउँदै उपाधि चुमेको हो ।

उपाधिसँगै पुलिसले पनि १० लाख र उपविजेता न्यु डायमन्डले पाँच लाख रुपियाँ पुरस्कार पाएको छ । नेपाल भलिबल सङ्घले आयोजना गरेको लिगमा पुरुषतर्फ आठ र महिलातर्फ ६ गरी कुल १४ टोलीको सहभागिता रहेको थियो ।

पुरुषतर्फ हेल्प नेपाल, त्रिभुवन आर्मी, नेपाल पुलिस, एपिएफ, खिल्जी युवा क्लब (लुम्बिनी), रुकुमपश्चिम, कोशी प्रदेश र बुढानीलकण्ठ क्लब सहभागी थिए ।

महिलातर्फ न्यु डायमन्ड, नेपाल पुलिस, एपिएफ, सुदूरपश्चिम, एभरेस्ट क्लब र त्रिभुवन आर्मी क्लबले भाग लिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply