वैशाख २१
सोमबार पनि नेप्से परिसूचक दोहोरो अंकले घटेको छ।
नेप्से ३४.६३ अंकले घटेर २७०४.०८ विन्दुमा बन्द भएको छ।
नेप्सेसँगै कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा घटेको छ।
बिहीबार ४ अर्ब ९१ करोड रूपैयाँको कारोबार भएकोमा यसदिन ४ अर्ब २६ करोड रूपैयाँको कारोबार भएको छ।
यसदिन ३४१ वटा धितोपत्रको एक करोड ७४ हजार ५२४ कित्ता सेयर किनबेच भएको हो।
सोमबार २७ कम्पनीको सेयर मूल्य बढेको छ भने २४० वटाको घटेको छ। यस्तै, दुई कम्पनी स्थिर छन्।
यसदिन, फरवार्ड माइक्रोफाइनान्स मूल्य सर्वाधिक १५ प्रतिशतले बढेको छ। उक्त कम्पनीको प्रतिकित्ता मूल्य एक हजार २६० रूपैयाँ ४० पैसा पुगेको छ।
यस्तै, झापा इनर्जीको मूल्य ७.९९ प्रतिशतले बढेर प्रति कित्ता मूल्य एक हजार ६८९ रूपैयाँ कायम भएको छ।
सर्वाधिक मूल्य घट्नेमा कर्पोरेट डेभलपमेन्ट बैंक रहेको छ।
उक्त कम्पनीको मूल्य १२.५८ प्रतिशतले घटेर प्रति कित्ता मूल्य दुई हजार ९८ रूपैयाँमा झरेको छ
यसैगरी, माई खोला हाइड्रोपावरको मूल्य ८.५९ प्रतिशतले घटेर प्रति कित्ता मूल्य ५११ रूपैयाँमा सीमित भएको छ।
सोमबार एनआरएन इन्फ्रास्टक्चरको सर्वाधिक कारोबार भएको छ।
उक्त कम्पनीको एक हजार ३९५ रूपैयाँमा ३१ करोड ३६ लाख रूपैयाँको कारोबार भएको छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा ३.३३ प्रतिशत घटेको हो।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो सूचीमा रिलायन्स स्पिनिङ मिल्स रहेको छ। उक्त कम्पनीको तीन हजार ७२० रूपैयाँमा १७ करोड ९९ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।
आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये लघुवित्त समूहको परिसूचक बढेको छ बाँकी १२ समूहको परिसूचक घटेको छ।
यसमध्ये जलविद्युत समूहको परिसूचक सर्वाधिक २.२३ प्रतिशतले घटेको छ।
