सुनको भाउ घट्ने क्रम जारी, आज कतिमा हुँदैछ किनबेच?

वैशाख २२
नेपाली बजारमा आज (मंगलबार) सुन-चाँदीको भाउ घटेको छ।

सोमबार तोलामा तीन सय रूपैयाँ घटेको सुनको भाउ यसदिन प्रतितोला तीन हजार आठ सय रूपैयाँ घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९१ हजार रूपैयाँमा किनबेच भइरहेको छ।

सोमबार सुन प्रतितोला दुई लाख ९४ हजार आठ सय रूपैयाँमा कारोबार भएको थियो।

यस्तै, मंगलबार चाँदीको मूल्य पनि घटेको छ।

सोमबार प्रतितोला पाँच हजार ३० रूपैयाँमा कारोबार भएको चाँदी यसदिन तोलामा चार हजार आठ सय ८० रूपैयाँमा किनबेच भइरहेको छ।

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला एक सय ५० रूपैयाँ घटेको हो।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस चार हजार पाँच सय ४३ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply