पिएसजीलाई फ्रेन्च लिग वान उपाधि

काठमाडौँ, वैशाख ३१ गते । फ्रेन्च लिग वानको उपाधि पेरिस सेन्ट जर्मेन (पिएसजी)ले जितेको छ ।

बुधबार राति भएको खेलमा पिएसजीले उपाधिको दौडमा रहेको लेन्सलाई उसैको मैदानमा २–० गोलले हराउँदै उपाधि जितेको हो ।

यससँगै पिएसजीले लगातार पाँचौँ पटक उपाधि जितेको छ । एक खेल अगावै च्याम्पियन बनेको पिएसजीको यो समग्रमा १४औँ फ्रेन्च लिग वान उपाधि हो ।

पिएसजीलाई जिताउन क्भिचा भारास्केलियाले २९औँ र इब्राहिम एमबायेले दोस्रो हाफको इन्जुरी समयमा गोल गर्नुभयो ।

जितसँगै पिएसजीले ३३ खेलबाट ७६ अङ्क बनाएको छ । हारसँगै लेन्स समा खेलबाट ६७ अङ्क जोड्दै दोस्रो स्थानमा छ । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply