गङ्गा दशरामा सेवा र सद्भावको प्रेरक उदाहरण बन्दै अमित ताम्राकार

मनिसा सुनार, जेठ १०
धनगढी – कैलालीमा गङ्गा दशराको अवसरमा लाग्ने धार्मिक मेलामा युवा समाजसेवी अमित ताम्राकारले सेवा र मानवियताको प्रेरणादायी उदाहरण प्रस्तुत गर्ने भएका छन्।

धनगढी उपमहानगरपालिका-५ निवासी अमित ताम्राकारले जेठ ११ गते साँझ बेहडा बाबा मन्दिर परिसरमा सञ्चालन हुने “एकछाके खाना तथा निःशुल्क पानी वितरण” कार्यक्रममा श्रद्धालुहरूका लागि जुस वितरण गर्ने जिम्मेवारी लिएका हुन्। अत्यधिक गर्मीका बीच दर्शनका लागि आउने भक्तजनलाई सहजता र राहत मिलोस् भन्ने उद्देश्यले उनले उक्त सेवामूलक सहयोग गर्न लागेको बताइएको छ।

हरेक वर्ष गङ्गा दशराको अवसरमा नेपाल तथा भारतबाट हजारौँ श्रद्धालु पुग्ने बेहडा बाबा मन्दिर धार्मिक आस्था, विश्वास र संस्कृतिको महत्वपूर्ण केन्द्रका रूपमा परिचित छ। धार्मिक मेलामा यस्ता सामाजिक सेवामूलक गतिविधि जोडिँदा मेलाको वातावरण अझ सकारात्मक, व्यवस्थित र मानवियतापूर्ण बन्ने स्थानीयवासीहरूको विश्वास रहेको छ।

धार्मिक आस्थासँगै सामाजिक उत्तरदायित्वलाई पनि उत्तिकै महत्व दिने अमित ताम्राकारको यस सेवाभावी कार्यको स्थानीय स्तरमा खुलेर प्रशंसा भइरहेको छ। समाजमा सहयोग, सद्भाव र सेवाभाव फैलाउने यस्ता अभियानले विशेषगरी युवापुस्तामा सकारात्मक सोच र सामाजिक उत्तरदायित्वको भावना विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply