व्यवस्थामाथि कमरेड कैलाशको प्रश्न: जनताले कहिले पाउँछन् राहत

कञ्चनपुर, जेठ १३
कमरेड कैलाशले देशको वर्तमान अवस्था, जनजीवन र राजनीतिक व्यवस्थामाथि आफ्नो धारणा राख्दै परिवर्तनको वास्तविक मापन जनताको जीवनस्तरबाट हुनुपर्ने बताउनुभएको छ।

उहाँका अनुसार आज धेरै नागरिकहरू ऋण, बेरोजगारी र आर्थिक संकटका कारण विदेशिन बाध्य छन्। गाउँघरमा युवाशक्ति घट्दै जानु, शिक्षामा असमान पहुँच र उपचार नपाएर ज्यान गुमाउनुपर्ने अवस्था अझै कायम रहनु दुःखद यथार्थ भएको उहाँको भनाइ छ।

नागरिकको जीवन सहज नभएसम्म परिवर्तनको अनुभूति अधुरो रहन्छ, भन्दै उहाँले जनताको अपेक्षा केवल नारामा सीमित नभई व्यवहारमा देखिनुपर्ने धारणा व्यक्त गर्नुभयो।

कमरेड कैलाशले विगतका आन्दोलनले राजनीतिक परिवर्तन ल्याए पनि अब आर्थिक, सामाजिक र व्यवहारिक परिवर्तनतर्फ राज्य गम्भीर बन्नुपर्ने आवश्यकता औंल्याउनुभयो। उहाँका अनुसार संविधान, शासन व्यवस्था र विकास नीतिको प्रभाव प्रत्यक्ष रूपमा जनताको घरदैलोमा देखिन सक्नुपर्छ।

उहाँले युवापुस्ताको भविष्य सुरक्षित गर्ने, रोजगारी सिर्जना गर्ने, गुणस्तरीय शिक्षा र सर्वसुलभ स्वास्थ्य सेवामा राज्यको प्राथमिकता बढाउनुपर्नेमा जोड दिनुभयो।

अन्त्यमा उहाँले देशको वर्तमान अवस्थाबारे गम्भीर समीक्षा गर्दै जनताको विश्वास जित्ने काम अब भाषणले होइन, परिणाममुखी कामले मात्रै सम्भव हुने निष्कर्ष व्यक्त गर्नुभयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply