धनगढी : बैतडीको डिलासैनी गाउँपालिकामा नेपाल टेलिकमले टावर निमार्ण गर्ने थालेको छ ।
डिलाशैनी गाउँपालिका वडा नम्बर ६ नेगाउँको चमकपुरमा स्थानीय सरकारको आग्रहमा नेपाल टेलिकमले टावर निमार्ण कार्य सुरु भएको गाउँपालिका अध्यक्ष सन्तोष प्रकाश जोशीले जानकारी दिनु भएको छ ।
नेगाउको चमकपुरमा नेपाल टेलिकमको टावर निर्माणकार्य थालेपछि यहाँका सेवा ग्राही हर्षित भएको सोही ठाउँका स्थानीय नर बहादुर माल (आशु) ले जानकारी दिएका छन चमकपुरमा निर्माण भएको ठाउँरले बैतडी जिल्लाको डिलाशैनी गाउँपालिको वडा नम्बर ५ र ६ तेसैगरी दोगडाकेदार गाउँपालिकाको वडा नम्बर १ रिम गोरङ बातडा सित्तड डोल कुम्तडी खौला बजार लगाएको ठाउँ सम्मका नागरिकले सेवा पाउने भएका छन ।
बादल लागेको बेलार र बर्सायाममा नमस्ते र एनसेलको टावरले खासै काम नगर्ने भएकोले अहिले स्थानीय सरकारको पहल कदमिमा हाम्रो चमकपुरमा नेपाल टेलिकमको टावर निर्माण भए पछि यहाँका नागरिकले भोग्नु परेको सास्थी संवत् हट्ने भएकोले म सारै हर्सित र स्थानीय सरकारलाई धन्यवाद दिन चाहन्छु स्थानीय जय बहादुर मालले बताउछन ।
