तोलामा दुई हजार आठ सयले घट्यो सुनको मूल्य

काठमाडौँ, जेठ १० गते । स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य तोलामा रु दुई हजार ८०० ले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, शुक्रबार प्रतितोला रु दुई लाख ९३ हजार ७०० मा कारोबार भएको छापावाला सुन आजका लागि भने रु दुई लाख ९० हजार ९०० मा कारोबार हुने गरी निर्धारण भएको छ ।

यसैगरी, चाँदीको मूल्य तोलामा रु १०५ ले घटेको छ । शुक्रबार प्रतितोला रु पाँच हजार ११५ मा कारोबार भएको चाँदीको मूल्य आजका लागि भने पाँच हजार १० निर्धारण भएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply