जेठ १३
आगामी आर्थिक वर्ष २०८३-८४ को बजेट आउनु अघि लगानीकर्ताहरू आशावादी देखिन थालेका छन्।
सेयर बजार परिसूचक नेप्से सिमान्तदरले उतारचढाव भइरहेपनि कारोबार रकममा सुधार देखिन थालेको छ।
बुधबार एक महिनापछि कारोबार रकम ६ अर्ब रूपैयाँ कटेको छ।
यसअघि वैशाख १५ गते ६ अर्ब ५३ करोड रूपैयाँको कारोबार भएको थियो।
त्यसयता कुनै दिन कारोबार रकम ६ अर्ब नाघ्न सकेको थिएन। बुधबार ६ अर्ब तीन करोड रूपैयाँको कारोबार भएको हो।
बुधबार नेप्से परिसूचक भने ४.९९ प्रतिशतले बढेर २७८२ विन्दुमा पुगेको हो।
यसदिन कारोबारमा १५१ कम्पनीको मूल्य बढेर कारोबार भएको छ भने १०५ वटाको घटेको छ।
कारोबारमा आएका मध्ये चार समूहगत परिसूचकमा सुधार हुन सकेन।
वित्त कम्पनी, होटेल, उत्पादन र अन्य समूहगत परिसूचक घटेका हुन्।
कालिन्चोक हाइड्रो र बुंगल हाइड्रोको सेयर मूल्य १४ प्रतिशतभन्दा धेरैले बढेको छ।
कालिन्चोकको मूल्य १४.९८ प्रतिशतले बढेर ३७६ रूपैयाँ ८० पैसा पुगेको छ।
त्यस्तै, बुंगलको १४.८८ प्रतिशतले मूल्य बढेर ८४१ रूपैयाँ पुगेको छ। सानिमा बैंकको ऋणपत्र २०८९ सबैभन्दा धेरैले मूल्य घटेको छ।
६.६४ प्रतिशतले घटेर एक हजार एक सय ९५ रूपैयाँमा कारोबार भएको हो।
यसदिन आँखु खोला जलविद्युत्को सबैभन्दा धेरै रकमको सेयर कारोबार भएको छ।
७१ करोड रूपैयाँको कारोबार भएको आँखुखोलाको सेयर ४४० रूपैयाँमा किनबेच हुँदा बजार बन्द भएको छ।
