असारभित्र संविधान संशोधन बहसपत्र प्रधानमन्त्रीलाई बुझाइने

असार २१ गते । संविधान संशोधन बहसपत्र तयार गर्न गठित कार्यदलले असार मसान्तभित्र प्रधानमन्त्री वालेन्द्र शाहसमक्ष प्रतिवेदन बुझाउने तयारी गरेको जनाएको छ।

सरकारको १०० दिनको उपलब्धि सार्वजनिक कार्यक्रममा कार्यदलका संयोजक तथा प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार असिम शाहले सरोकारवाला पक्ष, संविधानविद् र राजनीतिक दलसँग आवश्यक छलफल सम्पन्न भइसकेको र प्रतिवेदन लेखन अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो।

कार्यदलले पूर्वराष्ट्रपति, पूर्वप्रधानमन्त्री, विभिन्न राजनीतिक दलका नेता तथा सम्बन्धित निकायबाट सुझाव संकलन गरिसकेको जनाएको छ।

प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारले १३ चैतको पहिलो मन्त्रिपरिषद् बैठकबाट शासकीय सुधार र दीर्घकालीन राजनीतिक परिवर्तनका लागि संविधान संशोधनसम्बन्धी राष्ट्रिय बहस अघि बढाउने निर्णय गरेको थियो। त्यसअनुसार १६ चैतमा असिम शाहको संयोजकत्वमा कार्यदल गठन गरिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *