नेकपा एमालेले जारी राखेको पछि हट्यो, अबदेखि सदन अवरोध नगर्ने

काठमाडौं। नेकपा एमालेले गत वर्ष भदौ २३ गतेदेखि जारी राखेको संसद् अवरोध फिर्ता लिएको छ।  सो पार्टीका उपमहानसचिव प्रदीप ज्ञवालीले मंगलबारको बैठकमा रोस्ट्रमबाट धारणा राख्दै अवरोध फिर्ता लिएको बताएका हुन्।

उपमहासचिव प्रदीप ज्ञवालीले मुलुकको राजनीतिक कोर्ष नयाँ हिसाबले अघि बढिसकेको भन्दै संसद्को अवरोधलाई अब निरन्तरता नदिने बताए। उनले आफूहरुको असहमतिका विषयलाई भने निरन्तर रुपमा राखिरहने बताए। गत भदौ २३ गतेदेखि एमालेले प्रतिनिधिसभामा निरन्तर अवरोध गर्दै आएको थियो। एमालेले कारवाही गरेका १४ सांसदमाथिको कारवाहीको सूचना सभामुखले टाँस नगरेको भन्दै एमालेले संसद अवरोध गर्दै आएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply