पुनर्वास—४ को वडा अध्यक्षमा राप्रपाका युवा नेता जैशी (सापकोटा) निर्वाचित

धनबहादुर बिक
जेठ,६कञ्चनपुर– पुनर्वास नपारपालिका वडा नम्बर—४ मा राप्रपाका मनोज जैशि सापकोटा वडा अध्यक्षमा निर्वाचित भएका छन् । २०४९ देखि कम्युनिस्ट पार्टीले जित्दै आएको पुनर्वास— ४ मा यस पटक भने राप्रपाका जैसी (सापकोटा) बिजयी भएका हुन ।

माओवादी – समाजवादीको गठबन्धन , एमाले र काँग्रेसका उम्मेदवार हरुलाई हराउँदै राप्रपाका वडाध्यक्षका उमेदवार मनोज जैशी ९सापकोटा० बिजयी भएका हुन ।

निकटतम प्रतिद्वन्दी एमालेका खुशीराम पौडेललाई ११६ मतले हराउँदै राप्रपाका युवा नेता जैशी सापकोटा वडाध्यक्षमा बिजयी भएका छन ।
सापकोटाले ४७५ मत प्राप्त गरेका छन, भने उनका प्रतिस्पर्धी खुशीराम पौडेलले ३५९ प्राप्त गरेका छन ।

नेपाली काँग्रेसकि उम्मेदवार देवी लोहनीले १६६ मत पाए, भने गठबन्धन बाट माओवादी केन्द्रका प्रेम बस्नेतले २९६ मत पाएका छन ।
४ नम्बर वडामा जम्मा मतदाता सँख्या २४६७ रहेकोमा १५७६ मत खसेको थियो ।
पुनर्वासको मतगणना अनुसार हालसम्म सम्पन्न वडा हरू ११,१,२,३,४, मध्ये वडा नम्बर ११ मा नेकपा माओवादी का प्यानल सहित सुखदेब राना अध्यक्ष रहेका छन , वडा नम्बर १ मा प्यानल सहित नेपाली काङ्ग्रेस का मोहोनलाल राना अध्यक्ष मा विजयी भएका छन । त्यसैगरि वडा नम्बर २ मा नेकपा एमाले प्यानल सहित डम्बरबहादुर थापा अध्यक्ष मा विजयी भएका छन त्यसतै वडा नम्बर ३ मा एकीकृत समाजवादी को प्यानल सहित कृष्णबहादुर तामाङ ले विजयी हासिल गरेका छन । समाचार तयार गर्दासम्म वडा नम्बर ५ को मतगणना सुरु भएको र ११ वटा वड रहेको पुनर्वास मा सबै वडाको मतगणना सम्पन्न हुन अझै तिनदिन लाग्न सक्ने निर्वाचन आयोग पुनर्वास ले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply