फागुन २२
प्रतिनिधिसभा सदस्यको जारी मतगणनाका क्रममा कैलाली निर्वाचन क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका कोमल ज्ञवालीले अग्रता बढाएका छन्।
सुरूदेखि नै अग्रस्थानमा रहेका नेपाली कांग्रेसका जनकराज चौधरीलाई पछि पार्दै ज्ञवालीले दुई हजार ७२४ मत प्राप्त गरी अग्रता बढाएका हुन्।
कांग्रेसका चौधरीले दुई हजार ५७६ मत प्राप्त गरेका छन्। तेस्रो स्थानमा स्वतन्त्र उम्मेदवार फागुराम चौधरीले एक हजार ५८७ मत प्राप्त गरेका छन्।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार कैलाली क्षेत्र नं २ मा नेकपा (एमाले)का सूर्यबहादुर शाहले ९३२ मत प्राप्त गरी अग्रता बनाएका छन्। उनलाई नेपाली कांग्रेसका विजयबहादुर स्वाँरले ८१० मत र नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का नन्दबहादुर साउदले ८०५ मत प्राप्त गरेर पछ्याइरहेका छन्।
क्षेत्र नं ३ को मतगणना परिणामअनुसार नेकपाका वीरमान चौधरी ९४२ मत प्राप्त गरी अग्रता लिएका छन्। उनलाई रास्वपाका जगत जोशीले ८६२ मत र नागरिक उन्मुक्ति पार्टी, नेपालका विक्रम चौधरीले ८१५ मत प्राप्त गरी पछ्याइरहेका छन्।
क्षेत्र नं ४ को जारी मतगणनामा रास्वपाका खेमराज कोइरालले १८४ मत प्राप्त गरी सुरूआती अग्रता लिएका छन्। उनलाई नेपाली कांग्रेसका गोरखबहादुर विष्टले १३२ मत र नेकपा (एमाले)का लेखराज भट्ट १०६ मत प्राप्त गरी पछ्याइरहेका छन्।
कैलाली निर्वाचन क्षेत्र नं ५ (धनगढी क्षेत्र)मा रास्वपाका आनन्दबहादुर चन्दले सुरुदेखि नै अग्रता कायम राखेका छन्। पछिल्लो मतगणनाअनुसार उनले छ हजार ७३ मत प्राप्त गरेका छन्। उनलाई नेपाली कांग्रेसका नरनारायण शाहले दुई हजार ३४८ मत र नेकपा (एमाले)का यज्ञराज ढुंगानाले एक हजार ५२० मत प्राप्त गरी पछ्याइरहेका छन्।
