जेठ,६ धनगढी । सुदूरपश्चिम प्रदेशका सामाजिक विकास राज्यमन्त्री टेक बहादुर रैकाले सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालय र साँसद विकास कोष प्रदेश पूर्वाधार विकास कार्यक्रम अन्तर्गत २०७८ र ७९ मा सम्पन्न भएका र संचालनमा रहेका विभिन्न योजनाहरुको अनुगमन निरिक्षण गर्नुभएको छ ।
यस क्रममा राज्यमन्त्री रैकाले मन्त्रालयको सहयोगमा लम्की चुहानगरपालिकाको सुतैयामा निर्माणधिन १५सैयाको अस्पताल र फार्मेसीको निरीक्षण गर्नुभएको थियो । उक्त अवसरमा राज्यमन्त्री रैकाले गुणस्तरीयतालाई ध्यानमा राख्दै निर्माण कार्यलाई थप तिव्रता दिई समयमै सम्पन्न गर्न सम्वन्धित निकाय र सरोकारवालालाई निर्देशन दिनुभएको थियो ।
त्यसैगरी राज्यमन्त्री रैकाले लम्की चुहानगरपालिका वडा न ३ मा रहेको पिपरकोटी आधारभूत स्वास्थ्य केन्द्रमा गरिएको ल्याब सामाग्री सहयोग कार्यक्रम,घोडाघोडी नगरपालिका वडा ७ हरिनगरमा निर्माणाधिन प्रसुतिगृह,लम्की चुहा नगरपालिका वडा नं ३ चिसापानीमा धार्मिक एंव पर्यटकिय क्षेत्रमा सुधार योजना,वडा नं ३ कै बादी बस्तीको खानेपानी योजना,मन्त्रालयको सहयोगमा लम्की चुहानगरपालिका वडा नं ३ मा निर्माण सम्पन्न भएका प्रसुतिगृह,लम्कीमा रहेको ब्रह्मकुमारी विश्वविद्यालय पर्खाल निर्माण योजना, लम्की चुहा नगरपालिका वडा नं २ मा विद्यालय सहयोग योजनाको अनुगमन निरीक्षण गर्नुभएको थियो ।
विभिन्न योजना तथा कार्यक्रमको अनुगमन निरीक्षण पश्चात सामाजिक विकास राज्यमन्त्री टेक बहादुर रैकाले सामाजिक विकास मन्त्रालयद्धारा संचालित कार्यक्रम तथा योजनाहरु र आफ्नो प्रदेश साँसद विकास कोषबाट संचालन र सम्पन्न भएका योजनाहरुको अनुगमन निरीक्षण गरेको बताउदै योजना तथा बजेट कार्यक्रमको सहि सदुपयोग र जनताले सहज रुपमा सेवा सुविधा पाउनु भन्ने उद्धेश्यले आफूले अनुगमन कार्यलाई तिव्रता दिईरहेको बताउनुभयो ।