Skip to content
Raikwar Khabar
  • मूलपेज
  • खबर
  • प्रदेश
    • प्रदेश नं.१
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • कारोबार
  • अन्र्तवार्ता
  • मनाेरन्जन
  • सुचना प्रविधि
  • खेल
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • रैकवार टी.भी.
  • युनिकोड
  • निर्वाचन

ट्रेन्डिङ

  • होमपेज
  • समाचार
  • विजनेश
  • जीवनशैली
  • सूचना प्रविधि
  • मनोरन्जन
  • प्रवास
  • खेलकुद

चाँगुनारायणले निः शुल्क रगत उपलब्ध गराउने

  • खबर
  • प्रदेश
  • सुदूरपश्चिम प्रदेश
३ साल अगाडी
रैकवार खबर दैनिक
चाँगुनारायण नगरपालिकाले आगामी आर्थिक वर्ष २०७९÷८० देखि महादेवखोला बहुआयामिक परियोजना सञ्चालन गर्ने भएको छ । चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले सिँचाइ, खानेपानीदेखि आफैँ विद्युत् उत्पादनसम्मको लक्ष्य लिएर महादेवखोला बहुआयामिक परियोजना सञ्चालन गर्ने निर्णय गरेको बताउनुभयो । उहाँले भन्नुभयो“ परियोजनाले चाँगुनारायणवासीको घरघरमा खानेपानीको धारा, खेतखेतमा सिँचाइ , विद्युत् उत्पादन र पर्यटनको विकास गर्ने लक्ष्य लिएको छ । ” नगरपालिकाको सहयोग र समन्वय तथा इलेक्ट्रो एमएस इन्टरनेशनल नेपाल प्रालिको आयोजनामा सोमबार सम्पन्न चाँगुनारायणको विकासमा सञ्चारकर्मीको भूमिका विषयक अन्तक्र्रिया कार्यक्रममा उहाँले नगरपालिकाले पर्यटकीय सडक निर्माण गर्ने अर्को योजना अगाडि सारेको बताउनुभयो । उहाँले भन्नुभयो, “पर्यटकीय क्षेत्रको विकासलाई प्रमुख प्राथमिकतामा राखेका छौँ, झौखेलको ज्योर्तिलिङ्गेश्वर महादेव मन्दिरबाट त्रिशुलडाँडामा गोरखनाथको मन्दिर निर्माण सम्पन्न गर्दै त्यहाँबाट तेलकोट, जालपादेवी, शान्ति स्तुपा, टावर, बाल्मिकेश्वर मन्दिर, सुडालबाट काभ्रको सिमाना कल्पेश्वर महादेवसम्म पर्यटकीय सडकको रूपमा विकास गर्ने मुख्य योजना अगाडि सारेका छौँ ।” नगरपालिकाले आफ्ना नगरवासीका लागि निःशुल्क रगत उपलब्ध गराउने भएको छ । नेपाल रेडक्रस सोसाइटी भक्तपुर शाखासँग समन्वय गर्दै नागरिकलाई आवश्यक रगत रेडक्रसले दिने र त्यसवापतको रकम नगरपालिकाले रेडक्रसलाई उपलब्ध गराउने गरी नगरवासीलाई निःशुल्क रगत उपलब्ध गराउने व्यवस्था गरेको नगर प्रमुख खत्रीले बताउनुभयो । उहाँले ज्येष्ठ नागरिकलाई घरघरमा गएर निःशुल्क स्वास्थ्य जाँचको व्यवस्था गर्ने, चाँगुनारायण नगर अस्पतालको स्तरोन्नति गर्दै सेवा विस्तार गर्ने, क्यान्सर रोकथाम गर्न विज्ञ चिकित्सकसँग परामर्श गर्दै निःशुल्क क्यान्सर जाँचको व्यवस्था गर्ने योजना अगाडि सारेको जानकारी दिनुभयो । नगरभित्रका विद्यालयमा छात्राहरूका लागि निःशुल्क सेनेटरी प्याड वितरण गर्ने, सामुदायिक विद्यालयमा विद्युतीय बस सञ्चालन गर्ने नीति लिँदै त्यसका लागि अनुदानको व्यवस्था गर्ने, विद्यार्थीलाई खाजा कार्यक्रमका लागि सरकारले उपलब्ध गराएको प्रतिव्यक्ति रु १५ मा नगरपालिकाले रु १० थपेर रु २५ पु¥याएको उहाँले बताउनुभयो । कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद चापागाईँले स्थानीय तहमा काम धेरै भएको तर जनशक्ति निकै कम भएको सन्दर्भ कोट्याउँदै स्थानीय तहको भारवहन क्षमता कति रहन्छ, त्यसअनुसार अहिलेको जनशक्ति कतिको कार्य गर्न सक्छ भन्नेबारेमा पत्रकारले खोज्नुपर्ने औँल्याउनुभयो । प्रमख प्रशासकीय अधिकृत चापागाईँले भन्नुभयो, “नगरपालिकालाई फास्टट्र्याकको नेटवर्कमा जोड्ने गरी योजना अगाडि सारेका छौँ, सङ्घको समपूरक कार्यक्रमबाट सबै वडा छुने गरी फास्टट्र्याक निर्माण गरी नगरबस सञ्चालन गर्ने नीति लिएका छौँ, आगामी असोजबाटै सबै बस सेवा सञ्चालन गर्ने योजना छ । कार्यक्रममा नगरपालिकाका प्रवक्ता एवं वडा नं ८ का वडाध्यक्ष जनक खत्रीले नगरपालिकालाई नमूनाको नगरपालिका बनाउने गरी नीति, कार्यक्रम तथा बजेट ल्याएकाले यसको कार्यान्वयनमा सबैले साथ दिनुपर्ने बताउनुभयो । उहाँले जथाभावी जग्गा खण्डीकरण रोक्न जग्गा प्लानिङ कार्यविधि नै ल्याउन लागेको बताउँदै मनोहराखोलाको कटान रोक्न तीनवटै नगरपालिका मिलेर करिडोर बनाउनेबारेमा छलफल भएको बताउनुभयो । कार्यक्रमका सभापति पुष्करराज बुढाथोकीले स्थानीय तह सुशासन र पारदर्शितामा जानुपर्नेमा जोड दिँदै नगरपालिकाले सूचना प्रवाह निरन्तर दिने व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो । –––
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Facebook Twitter

Share this:

  • Click to share on Facebook (Opens in new window) Facebook
  • Click to share on X (Opens in new window) X

Like this:

Like Loading...

Leave a ReplyCancel reply

सम्बन्धित खवर

राष्ट्रिय परिचयपत्रले वार्षिक चार अर्ब बचत

५९ वर्षका राजु दमाई नागरिकता नपाउँदा सन्तानको भविष्य अन्धकारमा

भिरबाट खसेर गम्भीर घाइते पुनम काेलीको उपचार जारी, दाजुले सहयोगको करुण अपिल

पत्रकार महासंघ अध्यक्ष धामीलाई उपचार खर्च सहयोग

दुई लाख ५० हजार कट्यो सुनको मूल्य, चाँदीको पनि बढ्यो

ओमानलाई हराएसँगै नेपाल विश्वकप छनोटको उपाधि नजिक

ट्रेन्डिङ

१

आज विश्व खाद्य दिवस मनाइँदै

२

ओमानलाई हराएसँगै नेपाल विश्वकप छनोटको उपाधि नजिक

३

दुई लाख ५० हजार कट्यो सुनको मूल्य, चाँदीको पनि बढ्यो

४

पत्रकार महासंघ अध्यक्ष धामीलाई उपचार खर्च सहयोग

५

भिरबाट खसेर गम्भीर घाइते पुनम काेलीको उपचार जारी, दाजुले सहयोगको करुण अपिल

६

५९ वर्षका राजु दमाई नागरिकता नपाउँदा सन्तानको भविष्य अन्धकारमा

७

राष्ट्रिय परिचयपत्रले वार्षिक चार अर्ब बचत

लोकप्रिय

छुटाउनुभयो कि ?

राष्ट्रिय परिचयपत्रले वार्षिक चार अर्ब बचत

दुई लाख ५० हजार कट्यो सुनको मूल्य, चाँदीको पनि बढ्यो

ओमानलाई हराएसँगै नेपाल विश्वकप छनोटको उपाधि नजिक

Raikwar Khabar
अध्यक्ष तथा प्रबन्ध निर्देशक: पदम सुनार ( रैकवार मिडिया प्रा.लि.)
सम्पादकः हेमा भट्ट /9810678026
सूचना विभाग दर्ता नं. २१४ / ०७३–७४
९८६५९६६११७
raikwarkhabar@gmail.com
© २०१८-२०२५ raikwarkhabar.com सर्वाधिकार सुरक्षित वेबसाईट डेभ्लोपर : Suman Shrestha
%d