‘वामपन्थी आन्दोलन बलियो बनाउन सबैलाई समेटौँ’

नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले स्थानीय तहको निर्वाचनपछि एमाले नेपालको प्रमुख राजनीतिक शक्तिका रुपमा स्थापित भइसकेको जिकिर गर्नुभएको छ । एमाले चितवन जिल्ला कमिटीद्वारा आज भरतपुरमा आयोजित जिल्लास्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले पार्टी सङ्घ र प्रदेशको निर्वाचनमा झन सशक्त बन्ने दाबी गर्नुभयो । उहाँले वामपन्थी आन्दोलनलाई बलियो बनाउन विभिन्न पार्टीमा रहेकालाई एमालेमा गोलबन्द हुन आह्वान गर्नुभयो । पार्टीले देशव्यापीरुपमा सङ्घ र प्रदेशको निर्वाचन केन्द्रित कार्यक्रम सञ्चालन गर्न थालेको उल्लेख गर्दै गाँउगाँउमा अभियान सञ्चालन गर्न कार्यकर्तालाई निर्देशन दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply