मूर्तिसहित एक पक्राउ

अवैध रूपमा मूर्तिसहित विभिन्न सामग्री ल्याउँदै गरेको अवस्थामा पर्सा प्रहरीले आज वीरगञ्जबाट एक जनालाई पक्राउ गरेको छ । चाँदी जस्तो देखिने धातुबाट बनेको साना मूर्तिहरू तथा कचौरासहित पर्सा वीरगञ्ज महानगरपालिका–६ बस्ने १८ वर्षीय साहिलकुमार साहलाई पक्राउ गरिएको पर्साका प्रहरी उपरीक्षक रमेश बस्नेतले जानकारी दिनुभयो ।

साहले बोकेको ब्यागभित्र एक हजार एक सय छ ग्रामका साना मूर्तिहरू र चार सय मिलीग्रामका कचौरा फेला परेकाले निजलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक एवम् प्रहरी नायब उपरीक्षक प्रल्हाद कार्कीले जानकारी दिनुभयो । छिमेकी भारत रक्सौलबाट वीरगञ्जतर्फ आउँदै गरेको वीआर ०५ एएस २१६२ नंको मोटरसाइकलमा सवार साहलाई रोकी तलासी लिँदा साहका साथबाट उक्त सामग्री बरामद गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply