देउवापुत्र चढेकाे गाडीको फाेटाे खिचेको भन्दै बालुवाटारमा सञ्चारकर्मीलाई अवराेध

काठमाडौं । बालुवाटारमा आज बसेको सत्तारुढ गठबन्धनको बैठकमा सञ्चारकर्मीहरुलाई निषेध गरिएको छ । केही दिनअघि प्रधानमन्त्री शेरबहादुर देउवाका छोरा जयबीर देउवाको गाडीको फुटेज खिचिएको भन्दै आजको बैठकमा पत्रकारलाई निषेध गरिएको हो ।

सिट बाँडफाँटको लागि गठित कार्यदलको बैठक बस्न लागेको बेला सुरुमा कान्तिपुर र नेपाल टेलिभिजनका पत्रकारलाई प्रवेश गराइएको थियो ।

त्यसपछि भने अन्यलाई प्रवेश दिइएन । सरोकार टिभीका सञ्चारकर्मीलाई गेटमै होल्ड गराइयो भने केही अन्यलाई निकै कर गरेर मात्रै प्रवेश दिइएको छ ।

त्यस्तै, ग्यालेक्सी टिभीका पत्रकारलाई क्यामेरा बाहिरै राखेर मात्रै छिर्न दिइएको छ । सुरक्षाकर्मीहरुले पत्रकारलाई जसको पनि आएगएको फोटो र भिडियो खिचेकाले माथिबाटै प्रवेश नगराउन निर्देशन आएको बताएका थिए ।

केही दिनअघिको गठबन्धनको बैठकमा लाइभ गर्न हिमालयन टेलिभिजनलाई पनि रोकिएको थियो । त्यस्तै, प्रधानमन्त्री देउवाका प्रेस सल्लाहकार गोविन्द परियारले भने अनौपचारिक बैठक भएको भन्दै सञ्चारकर्मीहरुलाई प्रवेश नदिइएको दाबी गरे । यद्यपि आज गठबन्धन दलबीचको सिट बाँडफाँटबारे छलफल हुने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply