रास्वपाले समानुपातिकमा कटायो ५० लाख मत

फागुन २६
प्रतिनिधि सभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फको मत गणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ५० लाख मत कटाएको छ। १ करोड ४ लाख १९ हजार २३४ मत गणना हुँदा रास्वपाले ५० लाख ५२ मत प्राप्त गरेको छ।

नेपाली कांग्रेसले १६ लाख ९२ हजार ७८६, नेकपा एमालेले १४ लाख ११ हजार ४२९ मत प्राप्त गरेको छ। चौथो स्थानमा रहेको नेपाली कम्युनिस्ट पार्टीले ७ लाख ६६ हजार ८७५, श्रम संस्कृति पार्टीले ३ लाख ५८ हजार ४१५, राष्ट्रिय प्रजातन्त्र पार्टीले ३ लाख २४ हजार ८८१ मत प्राप्त गरेको छ।

हालसम्मको गणनाका आधारमा मत विभाजक सूत्रबाट हिसाब गर्दा रास्वपाले ५८, कांग्रेसले १९, एमालेले १६, नेकपाले ९, श्रम संस्कृति र राप्रपाले ४–४ सिट प्राप्त गर्नेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply