बाबुराम समूह बाहिरिएपछि जसपा नेताहरूको जिम्मेवारीमा व्यापक हेरफेर

काठमाडौं । जनता समाजवादी पार्टीबाट डा. बाबुराम भट्टराई समूह बाहिरिएपछि नेताहरूको कार्य विभाजनमा व्यापक हेरफेर भएको छ । त्यस्तै विभिन्न विभागहरू समेत गठन भएका छन् ।

काठमाडौँमा दुई दिनसम्म बसेको जसपा बैठकले सबै गतिविधि चुनाव केन्द्रित गर्ने भन्दै नेताहरूको जिम्मेवारीमा हेरफेर र मनोनयन गरेको हो ।

सात वटा भौगोलिक तथा अन्य जातीय प्रदेश समेत गरी २० प्रादेशिक इन्चार्ज सहइन्चार्जहरु पनि तोकिएका छन् ।

जसपाले संगठन विभाग प्रमुख रामसहायप्रसाद यादवलाई तोकेको छ भने पार्टीको मुख्य आधार मानिएको मधेस प्रदेश इन्चार्जमा कृषि मन्त्री मृगेन्द्र कुमार सिंह यादव चयन भएका छन् ।

कर्णाली प्रदेशलाई भने केन्द्रबाटै हेर्ने गरी कसैलाई पनि जिम्मा दिइएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply