वैचारिक खडेरीबाट गुज्रिरहेको राजनीतिमा गिरिको अभाव झन् खट्किरहनेछ: बाबुराम भट्टराई

काठमाडौं । नेपाल समाजवादी पार्टीका अधयक्ष तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले नेपाली कांग्रेसका नेता प्रदीप गिरिको निधनबाट स्तब्ध भएको बताएका छन् ।

अध्यक्ष भट्टराईले ४५ बर्षदेखिका सहयात्री तथा प्रखर समाजवादी चिन्तक गिरीको निधनले स्तब्ध भएका बताएका हुन् ।

उनले सामाजिक संजाल फेसबुकमा गिरिको निधनप्रति दुख व्यक्त गर्दै वैचारिक खडेरीबाट गुज्रिरहेको नेपाली राजनीतिमा वहॉको अभाव झन् खट्किरहने बताए ।

उनले लेखेका छन्,‘४५ बर्षदेखिका अनन्य मित्र तथा प्रखर समाजवादी चिन्तक प्रदीप गिरीको निधनले स्तब्ध छु१ वहॉसंगको लामो र गहन विमर्शका सुखद स्मृतिहरू सधैं जीवित रहनेछन् वैचारिक खडेरीबाट गुज्रिरहेको नेपाली राजनीतिमा वहॉको अभाव झन् खट्किरहनेछ ।
वहॉप्रति हार्दिक श्रद्धान्जली तथा परिवारजनमा गहीरो समवेदना ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply