प्रचण्डलाई बुझाइयो अन्तर्घातको प्रतिवेदन-तीन थरी कारबाहीको सिफारिस

काठमाडौं । नेकपा माओवादी केन्द्रको अनुशासन आयोगले स्थानीय तह निर्वाचनमा विभिन्न ठाउँमा अन्तर्घात भएको निष्कर्ष निकाल्दै गल्तीअनुसार निष्कासन, निलम्बन र चेतावनीको कारवाही गर्न सुझाव दिएको छ ।

टंक राईको नेतृत्वका गठित छानविन समितिले अन्तर्घातको आरोप लागेका देशभरका ५ सयभन्दा बढी नेता कार्यकर्तासँग बयान लिएर प्रतिवेदन बुझाएको हो । सोमबार केन्द्रीय कार्यालयमा प्रतिवेदन बुझ्दै माओवादी अध्यक्ष प्रचण्डले आयोगको प्रतिवेदन कार्यान्वयनमा लैजाने बताए ।

उनले अनुशासनहीन र अराजक व्यक्तिहरुलाई कारबाही अघि नबढाए कम्युनिस्ट पार्टी निर्माण नहुने र समाजवादको यात्रा सम्भव नहुने भन्दै अनुशासन तोड्नेलाई दण्डित गरिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply