बाबुरामको टिप्पणी- राष्ट्रपतिले सैनिक अधिकारीहरुसँग परामर्श गर्नु संविधान प्रतिकूल

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले राष्ट्रपति विद्यादेवी भण्डारीले सैनिक/पूर्वसैनिक अधिकारीसँग गरेको ‘परामर्श’ संविधान अनुकूल नभएको टिप्पणी गरेका छन् ।

राष्ट्रपति भण्डारीले बुधबार सैनिक तथा पूर्वसैनिक अधिकारीसँग परामर्श गरेको खबर बाहिरिएको थियो । सोबारे आज एक ट्वीट गर्दै अध्यक्ष भट्टराईले यस्तो टिप्पणी गरेका हुन् ।

‘नागरिकता विधेयकलाई जोडेर राष्ट्रपतिले सैनिक/पूर्वसैनिक अधिकारीसँग ‘परामर्श’ गरेको खबर साँचो हो भने त्यो नेपालको संविधान अनुकूल भएन’, उनले लेखेका छन्, ‘नेपालको संविधानले राष्ट्रपतिलाई कहींकतै स्वविवेकीय अधिकार दिएको छैन ।’

चुनावको मुखमा राष्ट्रपति भण्डारीले राष्ट्रवादी उत्तेजना फैलाएर एमालेलाई सघाउन खोजेको उनको आशय छ । ‘चुनावको मुखमा ‘राष्ट्रवादी’ उत्तेजना फैलाएर अमूक दल/नेतालाई सघाउन खोजेको भए झन् भएन’, उनले लेखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply