एमालेले तय गर्‍यो केन्द्रीय कमिटी बैठकका ११ एजेन्डा, शुक्रबार ओलीको प्रतिवेदन पेस हुने

काठमाडौ । नेकपा एमालेको पोलिटब्युरो बैठकले शुक्रबारबाट सुरू हुने केन्द्रीय कमिटी बैठकमा पेश हुने एजेन्डा पारित गरेको छ। बिहीबार बसेको बैठकले केन्द्रीय कमिटीका एजेन्डा तय गरेको हो।

बैठकमा अध्यक्ष केपी शर्मा ओलीले आफ्नो राजनीतिक प्रतिवेदनको सारसंक्षेप सुनाएका थिए। शुक्रबार बस्ने केन्द्रीय कमिटीमा उनको प्रतिवेदन पेश हुनेछ।

‘मुलुकको राजनीतिक स्थिति, सत्ता गठबन्धनका कारण अर्थतन्त्रमा परेको प्रभाव, स्थानीय चुनावको समीक्षा र आगामी चुनावी रणनीतिबारे समेटिएको राजनीतिक प्रतिवेदन केन्द्रीय कमिटीमा पेस हुनेछ,’ एमाले प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरूङले भने।

बैठकले चुनावमा उम्मेदवार छनौटको मापदण्ड तयार गर्दै चुनावी रणनीति तयारको विषयमा केन्द्रीय कमिटीमा छलफल गर्ने प्रस्ताव पारित गरेको छ।

पोलिटब्युरो बैठकले चुनावको धाँधलीका विषयमा छानबिनका लागि उपाध्यक्ष विष्णु पौडेलको संयोजकको कार्यदलको प्रतिवेदन केन्द्रीय कमिटीमा पेश गर्ने अनुमति दिएको छ।

केन्द्रीय कमिटी बैठकमा पार्टीका केन्द्रीय परिषद् तथा आयोगका प्रतिवेदन पनि पेश हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply