कर्मचारी परिषद्द्वारा माग पूरा आग्रह

नेपाल विद्यालय कर्मचारी परिषद्ले सङ्घीय शिक्षा ऐन शिक्षा ऐन २०२८ को संशोधनमा सामुदायिक विद्यालयमा कार्यरत विद्यालय कर्मचारीलाई दरबन्दीमा समायोजन गरी स्वतः स्थायी प्रक्रियामा लगिनुपर्ने माग गरेको छ । रिपोर्टर्स क्लब नेपालमा आज पत्रकार सम्मेलन गरी परिषद्ले सामुदायिक विद्यालयमा कार्यरत विद्यालय कर्मचारीलाई दरबन्दीमा समायोजन गरी एक पटकका लागि प्रक्रिया पु¥याई स्थायी प्रक्रियामा लैजानुपर्ने परिषद्को माग छ ।

 

पूर्ण सेवा सुविधा तत्काल लागू गर्नुपर्ने माग राख्दै परिषद्ले विद्यालय कर्मचारी सहायक (लेखापाल) हरूका लागि ३४ हजार सात सय ३० मा दुई हजार थपेर ३६ हजार सात सय ३० र विद्यालय सहयोगीका लागि २४ हजार दुई सय १० मा दुई हजार प्लस गरी २६ हजार दुई सय १० गरिनुपर्ने जनाएको छ ।

 

यसैगरी, सङ्घीय शिक्षा ऐन जारी हुँदाका बखतसम्म अविछिन्न सेवामा कार्यरत विद्यालय कर्मचारीलाई एक पटकका लागि उमेर हद नलाग्ने प्रबन्धन गर्नुपर्ने, ६० वर्ष उमेर पुगेका विद्यालय कर्मचारीलाई प्रचलित कानुनबमोजिम शिक्षक सरहको सेवा सुविधा उपलब्ध गराई उमेर हद नलाग्ने व्यवस्था गर्नुपर्ने परिषद्ले माग छ । परिषद्का अध्यक्ष गङ्गाराम तिवारीले आफ्ना माग पूरा गराउनको लागि सम्बन्धित सबै सरोकारवाला निकायसँग गत साउन २२ गते ज्ञापनसहित आन्दोलनका कार्यक्रमबारे पनि जानकारी गराएको जानकारी दिनुभयो ।

–––

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply