राजघाट: थारू राष्ट्रिय मुक्ति माेर्चा संगठन विस्तार अभियानलाई तीव्रता:माओवादी केन्द्र

कञ्चनपुर  : कृष्णपुर नगरपालिका वडा नम्बर ९ नेकपा माओवादी केन्द्रकाे भातृ संगठन थारु राष्ट्रिय मुक्तिमोर्चा राजघाटले संगठन विस्तारको अभियान सुरु गरेको छ ।

नेकपा माओवादी केन्द्र भित्रकाे बलियो  माेर्चा संरचना निर्माणका लागि माओवादी केन्द्रको भातृ संगठन  निर्माणको अभियानलाई तीव्रता दिएको हो । सो क्रममा नेकपा माओवादी केन्द्रकाे भातृ संगठन थारु राष्ट्रिय मुक्ति माेर्चा नेपाल सुदूरपश्चिम प्रदेश अध्यक्ष वीर बहादुर राजवंशी काे प्रमुख अतिथ्यमा वडा स्थरीय पहिलो भेलाबाट कृष्णपुर नगरपालिका वडा नम्बर ९ का रतिलाल चौधरीको अध्यक्षतामा २५ सदस्यीय वडा कमिटी गठन  गरेको हो ।

भातृ संगठन बिना पार्टीले लिएको नीति, विचार र सिद्धान्त जनतासम्म पुग्न नसक्ने भएकाले आफूहरू पहिलो चरणमा सङ्गठनको संरचना निर्माण अभियानमा लागेको थारु राष्ट्रिय मुक्ति माेर्चा नेपाल सुदूरपश्चिम प्रदेश अध्यक्ष वीर बहादुर राजवंशीले जानकारी दिए  । माओवादी केन्द्र  पार्टी विचार, सिद्धान्त, पद्धति र सबैको सहभागितामा निर्माण गरेको सामूहिक कार्ययोजना र  कार्यदिशा वडास्तरमा पार्टी तथा जनवर्गीय सङ्गठन विस्तार अभियानमा रहेको बताए ।राजवंशीले  आफू पूर्वमालेकालदेखि नेकपा माओवादी केन्द्र काे प्रदेश सम्मको जिम्मेवारी सम्हालिसकेको व्यक्ति भएका कारण लामो राजनीतिक जीवनको इतिहास बनाएकाले सबै नागरिकको घरदैलोमा पुग्दै जनतालाई सुसंगठित गराउनका निमित्त प्रतिबद्ध रहेको दाबी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply