थारू समुदायकाे अटवारी पर्व सुरु

धनगढी :- पश्चिम थारू समुदायले अटवारी पर्व मीत२०७९-०५-१२ गतेबाट धुमधामका साथ मनाउँदै छन् । अष्टमीपछि चन्द्रमादेखिने बित्तिकै अटवारी पर्व मनाउने गर्दछन् । थारू समुदायको धार्मिक एवं सांस्कृतिक महत्व बोकेको यस पर्व तीजपछिको पहिलो आइतबारमा व्रत बस्ने र सोमबार सकिने गर्दछ । सूर्य अर्थात् शक्तिको उपसनाको लागि पनि यो पर्व मनाउने गरिन्छ। बाँके, बर्दिया, कैलाली, कञ्चनपुर र दाङ जिल्लामा बसोबास गर्ने थारु समुदायले माघीपछिको ठूलो पर्वका रुपमा यसलाई मनाउने गर्दछन् ।

अटवारी पर्व सुरु हुनुअघि दर खाने चलन छ । दरमा भात, माछा चोखो तरिकारी पकाउने गरिन्छ र भाले नबास्दै उठेर दर खाने प्रचलन छ । यस पर्वमा थारु समुदायका पुरुषहरु पनि पानी समेत नखाइ व्रत बस्ने गर्छन् । अटवारीको दोस्रो दिन बिहान नहुवाईधुवाई गरेर आफ्नो लागि चोखो खानेकुरा आफैँ पकाएर खाने चलन छ। यसरी पकाइएकाे परिकार पूजा गरिसकेपछि खाने गर्दछन् । अटवारीमा रोटी, काँक्रा, दही, केराजस्ता स्थानीय परिकार खाइन्छ। त्यस्तै, पाँच वा सात प्रकारका तरकारी पकाउने चलन छ । यसमा पवैको साग सिल्टुङ, पाप्रो, चिचिण्डो अनिवार्य हुनुपर्छ । यसरी पकाएकाे खाना चाेखाे ठाउँमा बेसर व्रतालुहरुले खाने गदछन्। खानु अघि खानेकुरा छुट्याएको हुन्छ । त्यसरी छुट्याएको खानेकुरालाई ‘अग्रासन’ भनिन्छ । त्यसलाई कोसेलीका रुपमा लिएर छोरीका घरमा जाने चलन छ । अग्रासन लिएर आफ्ना चेलीको घरमा जाने गर्दछन् । यसलाई दाजुभाई तथा दिदीबहिनीको प्रेमको प्रतिकको रुपमा लिने गरिन्छ । द्वापर युगमा पाँच पाण्डवमध्येका माहिला भाइ भीमले थारू समुदायका एक जना छोरीलाई उनीमाथि भइरहेको अत्याचारबाट मुक्त गरेको स्मरणमा आइतबार दिनभरि भीमको नाममा व्रत बस्ने र पूजाआजा गर्ने चलन रहेको पाइन्छ । अर्कोथरि मतअनुसार भीमले थारू राजा दंगिशरणलाई युद्धमा सहयोग गरेका कारण उनको पूजाआजा गरी व्रत बस्ने चलन रही आएको किम्बदन्ती छ । अटवारी पर्वमा थारु समुदायका पुरुषले पानी समेत नखाई दिदी बहिनीको अटल सौभाग्यको कामना गर्दै पाँच पाण्डव मध्येका भीमको पूजा गर्ने गर्दछन् । आज कैलाली–कञ्चनपुरका सम्पूर्ण सरकारी कार्यालय र सार्वजनिक निकायमा बिदा रहनेछ । अटवारी पर्वको अवसरमा सुदूरपश्चिम प्रदेश सरकार लुम्बिनी प्रदेश, कञ्चनपुर, कैलाली, बाँके,बर्दिया,दाङ, जिल्लामा बिदा दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply