जुम्लाकोटमा एक घर एक धारा

जुम्लाको तिला गाउँपालिका– ८ स्थित जुम्लाकोट गाउँमा ‘एक घर एक धारा’ निर्माण हुँदा स्थानीय बासिन्दालाई राहत भएको छ । एउटै धारोमा घण्टौँसम्म पालो कुरेर बस्नुपर्ने स्थानीयको बाध्यता अहिले हटेको स्थानीय बासिन्दा धनलाल बस्नेतले बताउनुभयो । विसं २०५९ मा बनेको धारा जीर्ण भएको र पानीको मुहान सुकेपछि खानेपानीले काकाकुल जस्तै बनेको सो वडाको जुम्लाकोट गाउँमा अहिले एक घर एक धारा पुगेको तिला गाउँपालिका उपाध्यक्ष गेरीकला बुढाले जानकारी दिनुभयो । अनुकूलन कोषको आर्थिक सहयोग वन तथा वातावरण मन्त्रालय र विश्वखाद्य कार्यक्रमको प्राविधिक सहयोगमा पेस नेपालद्वारा सञ्चालित क्याप्स कर्णाली परियोजनाले एक घर एक धारा कार्यक्रम ल्याएको पेस नेपालका अध्यक्ष किशोर न्यौपानेले बताउनुभयो । धारामा पानी आएर स्थानीयले खानेपानीको प्रयोग गरिसकेका छन् । कूल ६९ लाख ९२ हजार रुपैयाँको लागतमा खानेपानी धारा निर्माण भएको छ । बीस घनमिटरको दुई पानी सङ्कलन ट्याङ्की बनेका छन् । अब पानी ल्याउन टाढा जानुपर्दैन । समयकोसमेत बचत भएको जुम्लाकोटका स्थानीय बासिन्दा बताउँछन् । मार्सी धानमा रोग लागेपछि किसान चिन्तित जुम्लामा मात्रै उत्पादन हुने कालीमार्सी धानमा ब्लास्ट रोग लागेपछि यहाँका किसान चिन्तित भएका छन् । यहाँको तातोपानी गाउँपालिका–४ स्थित गौतमवाडामा रहेको धानको जिउलोमा ब्लास्ट रोग लागेपछि सो वडाका किसान चिन्तित भएको किसान बताउँछन् । ब्लास्टले धानको बोट नै मर्न थालेको छ । असारमा रोपेको मार्सीमा ब्लास्ट रोग देखिएपछि गौतमवाडाका किसान मर्कामा परेका छन् । धानमा ब्लास्ट लागेकाले कृषि विकास कार्यालय जुम्लामा समस्या लिएर आएको किसान भावना उपाध्यायले बताउनुभयो । धानखेतमा सो समस्या देखिएको छ । सबैले कालीमार्सी धान लगाएका छन् । एक जना किसानको पाँचदेखि १५ भारीसम्मका खेत छन् । कालीमार्सीमा ब्लास्ट सङ्क्रमण फैलिएकाले समयमै उपचार गरी बाली जोगाइदिन कृषि विकास कार्यालयलाई आग्रह गरेका छौँ । धानको गुभो खुइलिएर खैरो, सेतो हुँदै बोट नै मर्ने गरेको छ । हाम्रो पहिचानका रुपमा रहेको मुख्य बाली नै कालीमार्सी हो । बेलैमा उपचार नभए हाम्रो परिश्रम खेर जाने गरेको तातोपानी–४ का किसान जानकी गौतमले जानकारी दिनुभयो । समस्या देखापरेका ठाउँमा प्राविधिको टोली धान खेतमै पुगेर निरीक्षण गरी किसानलाई परामर्श दिइरहेको छ । धानबाली तत्काल निरीक्षण गरेर समयमै रोग नियन्त्रण गर्न कार्यालय लागिपरेको कृषि विकास कार्यालय जुम्लाका निमित्त प्रमुख गणेश अधिकारीकाले बताउनुभयो । प्राविधिकले स्थलगत अध्ययन सुरु गरी काम गर्ने थालेका छन् । कालीमार्सी धान जुम्लाको पहिचानसँग जोडिएको छ । कृषि विकास कार्यालयले रोग लागेका क्षेत्रमा जाँच तथा परीक्षणका लागि प्राविधिक परिचालन गरी रोग नियन्त्रणमा कृषि प्राविधिक लागिपरेको कृषि विकास कार्यालय जुम्लाले जनाएको छ । –––

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply