कात्तिक ५
सोल (दक्षिण कोरिया) कोरियन ब्युटी कोर्टले आफ्नो नवीनतम Korean Skin Care Training Program सफलतापूर्वक सम्पन्न गर्दै सहभागी विद्यार्थीहरूलाई आकर्षक समारोहका बीच प्रमाणपत्र वितरण गरेको छ।
उक्त समारोहमा कोरियन ब्युटी कोर्टकी अध्यक्ष सृजना एलिशा स्वयं उपस्थित रहँदै विद्यार्थीहरूलाई प्रमाणपत्र वितरण गर्नुभयो। उहाँले विद्यार्थीहरूको मेहनत र समर्पणको प्रशंसा गर्दै कोरियाली ब्युटी प्रविधिमा नेपाली युवाहरूको बढ्दो रुचि र सम्भावनाबारे उत्साहजनक टिप्पणी गर्नुभयो।
कार्यक्रममा सहभागीहरूले Korean Medical Skin Care, Korean Skin Care Technology, र छालाको वैज्ञानिक उपचार सम्बन्धी अत्याधुनिक सीप तथा व्यावसायिक ज्ञान हासिल गरेका थिए।
आयोजक संस्थाका अनुसार, उक्त तालिमले सहभागीहरूलाई कोरियाली सौन्दर्य उद्योगमा प्रयोग हुने नवीनतम प्रविधि, छालाको हेरचाहमा प्रयोग हुने अत्याधुनिक उपकरण र उत्पादनबारे व्यावहारिक अनुभवसहितको प्रशिक्षण प्रदान गरेको हो।
कार्यक्रमका क्रममा अध्यक्ष एलिशाले भनिन् —कोरियन ब्युटी कोर्टले नेपाली तथा अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई कोरियाली ब्युटी प्रविधिमा दक्ष बनाउन निरन्तर काम गरिरहेको छ। हाम्रो उद्देश्य ब्युटी क्षेत्रमा आत्मनिर्भर, सीपयुक्त र अन्तर्राष्ट्रिय स्तरका ब्युटी प्रोफेशनल तयार गर्नु हो।”
समारोहमा सहभागी विद्यार्थीहरूले आफ्नो सीप देखाउँदै K-beauty style skincare demonstration पनि प्रस्तुत गरेका थिए, जसले उपस्थित अतिथि र प्रशिक्षकहरूलाई मन्त्रमुग्ध बनायो।
संस्थाले आगामी दिनहरूमा Advanced Aesthetic Course, Dermal Treatment Workshop, र Korean Cosmeceutical Training सञ्चालन गर्ने योजना सार्वजनिक गरेको छ।
यो तालिमले नेपाली विद्यार्थीहरूलाई कोरियाली ब्युटी उद्योगसँग जोड्ने सेतुका रूपमा काम गरिरहेको आयोजकहरूले बताएका छन्।