Skip to content
Raikwar Khabar
  • मूलपेज
  • खबर
  • प्रदेश
    • प्रदेश नं.१
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • कारोबार
  • अन्र्तवार्ता
  • मनाेरन्जन
  • सुचना प्रविधि
  • खेल
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • रैकवार टी.भी.
  • युनिकोड
  • निर्वाचन

ट्रेन्डिङ

  • होमपेज
  • समाचार
  • विजनेश
  • जीवनशैली
  • सूचना प्रविधि
  • मनोरन्जन
  • प्रवास
  • खेलकुद

निवेदन दिएपछि मात्रै सूचना दिने प्रचलनको अन्त्य

  • खबर
३ साल अगाडी
रैकवार खबर दैनिक
तनहुँको शुक्लागण्डकी नगरपालिकाले पारदर्शी भित्तो स्थापना गरेको छ । स्थानीय तह निर्वाचनबाट निर्वाचित भएको एक सय दिनको अवसर पारेर नगरपालिकामा आइतबार पारदर्शी भित्तो राखिएको हो । नगरमा सुशासन कायम गराउने उद्देश्यसहित पारदर्शी भित्तो स्थापना गरिएको नगरप्रमुख कृष्णराज पण्डितले जानकारी दिनुभयो । “नगरपालिकाले गर्ने हरेक गतिविधि नगरवासीले थाहा पाउनुपर्छ । यही जानकारी गराउन पारदर्शी भित्तो राखिएको हो । हामी जनताका सेवक हौँ, हामीले गर्ने हरेक काम जनताले थाहा पाउनुपर्छ, यहाँ लुकाउने, ढाट्ने, छल्ने कुरा हुँदैन”, उहाँले भन्नुभयो, “नगरपालिकाले के गरेको छ, भावी योजना के छन्, नीति र निर्णय के भएका छन् भनेर स्पष्ट थाहा पाउन सहज होस् भनेर पारदर्शी भित्तो राखेका हाँै ।” निवेदन दिएपछि मात्रै सूचना दिने प्रचलनको अन्त्य गर्न पारदर्शी भित्तो सञ्चालनमा ल्याइएको उपप्रमुख खुमबहादुर विकले जानकारी दिनुभयो । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लिलाबल्लभ न्यौपानेले नागरिकलाई सूचना प्रदान गर्न पारदर्शी भित्तो महत्वपूर्ण हुने बताउनुभयो । पारदर्शी भित्तोमा नगरपालिकामा हुने दैनिक सूचना, कार्यक्रम, मासिक आयव्यय विवरण, अन्य बैठकका निर्णयहरु, लेखापरीक्षणको प्रतिवेदन, नगर सभा, कार्यपालिकाको बैठकका निर्णय र विविध सूचना प्रकाशित गरिनेछ । प्रभावकारी बन्दै सेवा प्रवाह केन्द्र नगरपालिकाले एकै ठाउँबाट सेवा प्रवाह गर्न सञ्चालन गरेको सेवा प्रवाह सञ्चालन केन्द्र प्रभावकारी बन्दै गएको छ । सर्वसाधारणलाई सहजरुपमा एकै ठाउँबाट सेवा प्रवाह गर्ने उद्देश्यसहित गत जेठ महिनादेखि सञ्चालन गरिएको केन्द्र प्रभावकारी बन्दै गएको हो । सेवा प्रवाह केन्द्र सञ्चालनमा आएपछि सेवाग्राहीले कोठा चहार्दै हिँड्नुपर्ने अवस्थाको अन्त्य भएको छ । कामका लागि आउने सेवाग्राहीलाई प्रत्येक कोठा हिँड्न नपरोस् भन्नका लागि एकैठाउँबाट सुरु गरिएको केन्द्रले सेवाग्राहीलाई सहज भएको शुक्लागण्डकी नगरपालिकाका प्रमुख पण्डितले बताउनुभयो । “सेवा प्रवाह सञ्चालन केन्द्रले सर्वसाधारणलाई सहज हुनुका साथै देशका विभिन्न अन्य स्थानीय तहको पनि यस केन्द्रप्रति चासो बढेको छ”, उहाँले भन्नुभयो, “हामीले सञ्चालन गरेको यो केन्द्र हेर्नका लागि अन्य पालिकाबाट जनप्रतिनिधि र कर्मचारी आउन थाल्नुभएको छ ।” सेवा केन्द्र सञ्चालन भएपछि सेवाग्राही अब सेवा लिन कोठा कोठा हिँड्नपर्दैन । सेवा केन्द्रमा पुगेर फाइल बुझाएपछि सेवाग्राहीले आराम गर्दै गर्दा काम सकाएर फाइल हातमै पाउँछन् । नगरपालिका आउँदा फाइल बोकेर कोठा कोठा धाउनुपर्ने अवस्थाको अन्त्य गर्न नगरपालिकाले सेवा प्रवाह सञ्चालन केन्द्र सुरु गरेपछि नगरवासी खुसी भएका छन् । नगरपालिकाको सार्वजनिक सेवा प्रवाहलाई सहज, छिटो, पारदर्शी र नागरिकमैत्री बनाउन केन्द्र सञ्चालनमा ल्याइएको उपप्रमुख खुमबहादुर विकले बताउनुभयो । “सेवाग्राही कार्यालयमा सेवा लिन आउँदा विभिन्न कोठा चाहर्नुपर्ने बाध्यताको अन्त्यका लागि केन्द्र सुरु गरेका हौँ”, उहाँले भन्नुभयो, “केन्द्र सञ्चालनमा आएपछि सेवाग्राहीले सहजरुपमा सेवा पाइरहनुभएको छ ।” नगरपालिकाको भुइँ तल्लामा रहेको सेवा प्रवाह सञ्चालन केन्द्रमा सेवाग्राहीले फाइल बुझाएपछि केन्द्रका कर्मचारीले सम्बन्धित सबै फाँट÷शाखामा लगेर काम सम्पन्न गरी फाइल पुनः सेवाग्राहीलाई बुझाउनेछन् । तोकिएको मापदण्डबमोजिमको कागजातको अभाव देखिएमा वा रीतपूर्वक नदेखिएमा उक्त केन्द्रमा राखिएको टेलिफोन सेवाको प्रयोग गरी सम्बन्धित शाखाको अधिकारीले सेवा केन्द्रका कर्मचारीको समन्वयमा सेवाग्राहीसँग प्रत्यक्ष टेलिफोन वार्ता गरी के कति कारणले फाइल रोकिएको हो, त्यसको कारण र नपुग कागजात, विधि र प्रक्रियाबारे बुझाइने उपप्रमुख विकले बताउनुभयो । कुनै जटिल प्रकृतिका सेवा प्राप्तिमा अन्यौल हुन गएमा मात्र प्रमुख प्रशासकीय अधिकृत र सम्बन्धित शाखाका कर्मचारीले तुरुन्त सेवा केन्द्रमा उपस्थित भई सेवाग्राहीलाई सो फाइलउपर छलफल गर्ने जनाइएको छ । फाइल प्राप्तिदेखि तोकआदेश, दर्ता, सम्बन्धित शाखामा पेश र अन्तिम सेवा नागरिकको हातमा दिनेसम्मको कामका लागि सेवा प्रवाह सञ्चालन केन्द्रमा आवश्यकरुपमा कर्मचारीको व्यवस्थापन गरिएको नगरपालिकाले जनाएको छ । –––
Powered By  Orson Infotech

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Facebook Twitter

Share this:

  • Share on Facebook (Opens in new window) Facebook
  • Share on X (Opens in new window) X

Like this:

Like Loading...

Leave a ReplyCancel reply

सम्बन्धित खवर

निर्वाचन प्रहरीलाई उद्यमशीलतासँग जोड्न सरकारकाे ध्यानाकर्षण

मौसमी प्रतिकूलताले वायु प्रदूषण बढ्दो, मास्कको प्रयोग गर्न आग्रह

ग्यास अभावको बहानामा कालोबजारी

सप्तरीमा आँपको उत्पादन ११ हजार मेट्रिकटनले वृद्धि हुने

सुनचाँदीकोे मूल्य बढ्यो

आर्थिक सुधारको अपेक्षामा सेयर बजारमा उभार

ट्रेन्डिङ

१

प्रत्यक्षतर्फ १६५ सिटकै आयो परिणाम, कुन दलले कति जिते?

२

आजको मौसम- दिनभर बादल लाग्ने

३

रास्वपाले समानुपातिकमा कटायो ५० लाख मत

४

छ हजार आठ सयभन्दा बढी उजुरी

५

आर्थिक सुधारको अपेक्षामा सेयर बजारमा उभार

६

सुनचाँदीकोे मूल्य बढ्यो

७

सप्तरीमा आँपको उत्पादन ११ हजार मेट्रिकटनले वृद्धि हुने

८

ग्यास अभावको बहानामा कालोबजारी

९

मौसमी प्रतिकूलताले वायु प्रदूषण बढ्दो, मास्कको प्रयोग गर्न आग्रह

१०

निर्वाचन प्रहरीलाई उद्यमशीलतासँग जोड्न सरकारकाे ध्यानाकर्षण

लोकप्रिय

छुटाउनुभयो कि ?

निर्वाचन प्रहरीलाई उद्यमशीलतासँग जोड्न सरकारकाे ध्यानाकर्षण

मौसमी प्रतिकूलताले वायु प्रदूषण बढ्दो, मास्कको प्रयोग गर्न आग्रह

ग्यास अभावको बहानामा कालोबजारी

Raikwar Khabar
अध्यक्ष तथा प्रबन्ध निर्देशक: पदम सुनार ( रैकवार मिडिया प्रा.लि.)
सम्पादकः हेमा भट्ट /9810678026
सूचना विभाग दर्ता नं. २१४ / ०७३–७४
९८६५९६६११७
raikwarkhabar@gmail.com
© २०१८-२०२५ raikwarkhabar.com सर्वाधिकार सुरक्षित वेबसाईट डेभ्लोपर : Suman Shrestha
%d